लेखानीका अग्नी पिडितलाई शुभारम्भ समाज नेपालद्धारा नब वरवधुहरुको सहयोग

निश्छल कार्की
कटारी, २० बैशाख

शुभारम्भ समाज नेपालका नव-दाम्पत्य जोडीहरुले अग्नी पिडितलाई राहत सामग्री सहयोग गरेका छन् । कटारी नगरपालिका-१४ लामिडाडाका अग्नी पिडित अम्वर बहादुर खप्तरी मगरलाई आर्थिक सहयोग गरेको हो ।

बैशाख १७ गते वैवाहिक बन्धनमा बाधिएका कटारी-११ गोठडाडाका बाल कुमार र जानुका, कटारी-५ भोर्लेका चन्द्र र अन्जना, कटारी-३ राजाबासका देब र प्रतीक्षा साथै दुधौली सुगारे सिन्धुलीका धिरेन्द्रा र आकृतीले प्रति दाम्पत्य ५ हजारका दरले एकमुष्ठ रकर २० हजारको परिवारलाई आबश्यक सामग्रीहरु चामल,दाल,नुन,तेल,मसला एकसरो लगाउने कपडा ओड्ने ओछ्याउने एकसरो भाडा बर्तन खरिद गरी वडा अध्यक्ष श्री तेज कुमार आले ज्यु र प्रहरी चौकी घुर्मी प्रमुख को उपस्तिथिमा राहत वितरण गरिएको शुभारम्भ समाज नेपाल उपाध्यक्ष श्री राजु मगरले जानकारी दिनु भयो ।

स्थानीय तहले तत्काल सहयोग गर्न नसकी रहेको अवस्थामा शुभारम्भ समाज नेपालकोे यो सहयोगले जनप्रतिनिधिहरुलाई धेरै सहयोग पुगेको वडा अध्यक्ष तेज कुमार आलेले बताउनु भयो । संस्थाले जहाँ समस्या तेहि समाधानको लागि गाउँ गाउँ मा आफ्नो सदस्य तयारी अवस्थामा राख्नको लागि संस्थाले सदस्यता वितरण गरिरहेको जानकारी गराउदै संस्थाका उपाध्यक्ष मगरले आपत विपद् पर्दा पिडितको घाउमा मलमपट्टी स्वरुप विभिन्न सहयोग गरि सामाजिक काम गर्दै आएको बताउनु भयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने