उदयपुर ।
त्रियुगा नगरपालिका – ७ झोलुङ्गे पुल स्थित मदनभण्डारी राजमार्गको मुर्कुची गाईघाट सडकखण्डमा अटो रिक्सा दुर्घटना भएको छ । मुर्कुचीबाट गाईघाट तर्फ आउँदै गरेको प्र–२–०१–००१६–१३३२ नम्बरको अटो ब्रेकफेल भई अनियन्त्रित हुदा दुर्घटना भएको हो ।
दुर्घटनामा अटोमा सवार रौतामाई गाउँपालिका – ७ मुर्कुची का ५० वर्षीय राम आशिष शाह घाइते भएका छन् । उनी अवस्था गम्भीर नभए पनि उपचारका लागि जिल्ला अस्पताल गाईघाट पठाइएको छ ।
अटोमा चालक वर्ष ४० का मदन बहादुर मगर , वर्ष ४० की उषा नायक र वर्ष १६ का नन्दकिशोर शाह सवार रहेको उनिहरूको अबस्था सामान्य छ । अटो सवार सबै मुर्कुची निवासी नै रहेका छन ।