अफगानिस्तानको ३४ मध्ये ९ वटा प्रान्तीय राजधानी तालिबानको कब्जामा, सेना प्रमुख बर्खास्त

विद्रोही समूह तालिबानले अफगानिस्तानका प्रान्तीय राजधानीमा श्रृङ्खलाबद्ध रूपमा कब्जा जमाउन थालेपछि सेना प्रमुख बर्खास्त भएका छन् ।

अफगान सरकारले त्यहाँका सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको हो । त्यहाँको रक्षा मन्त्रालयका अनुसार तालिबानको गतिविधि बढ्दै गए पछि सेना प्रमुख वलीलाई हटाएर हिबतुल्लाह अलिजइलाई ल्याइएको छ ।

नवनियुक्त सैन्य प्रमुखलाई देशभर बढेको हिंसा र तालिबानका गतिविधिलाई परास्त गर्नु पर्ने चुनौती रहेको छ । २० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी सेनाले अफगानिस्तान छाडेपछि तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको छ । तालिबानले अहिलेसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीलाई नियन्त्रणमा लिइसकेको जनाएको छ ।

तालिबानले कान्दाहारलाई पनि कब्जा गर्ने प्रयास गरिरहेको छ । अहिले त्यहाँ भीषण सङ्घर्ष भइरहेको बीबीसीले जनाएको छ । युद्धका कारण कान्दाहारका ३० हजार परिवार विस्थापित भएका छन्।

अफगानिस्तानको उत्तरी सहर मजार–ए–सरिफ पनि आक्रमणको चपेटामा परेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार द्वन्द्वका कारण गएको महिनामा मात्र अफगानिस्तानमा एक हजार जनाको ज्यान गएको छ । 

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने