महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना हिजोदेखि आफ्नै बैंक खाताबाट सिधै तिर्न सकिने व्यवस्था गरेको छ ।
यस अघि गाडी चालकले जरिवाना तिर्न बैकंमा लाईन बसी अनलाइन सेवा प्रदायक संस्थाबाट ट्राफिक जरिवाना भुक्तानी गर्नु पर्ने र लामो समय व्यर्थ खर्चिनु पर्ने बाध्यताको अन्त्य गर्न जरिवाना रकम सम्बन्धित व्यक्तिको बैँक खाता मार्फत भुक्तान हुने गरी सफ्टवेयर प्रणालीको विकास गरेको महाशाखाले जनाएको छ ।
महाशाखाले हिजो देखि ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्था र थप ४५ वटा बैंक तथा वित्तीय संस्थाबाट ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने सफ्टवेयर प्रणालीको विकास गरेको छ ।