अस्मिता भट्टराई
मोरङ
ए भगवान यदि छौ भने कोरोना लखेट्न आउ।
पर्खेर बसेका छौ औषधि बनेर प्यास मेट्न आउ।
एउटि म पनि हु तिम्लाइ सरकारमा देख्न चाहने
महोदय भोट माग्नै भएनि अस्पतालमै भेट्न आउ
प्रिय दुश्मन सफलता त बहुत संघर्ष गरेरै मिल्छ
म शिखर चढ्न थाले तिमी फेरि घचेट्न आउ।
नाच्नलाइ उत्प्रेरित गर्दै आफन्त ताली बजाउछ्न
अब कमि तिम्रै छ जिन्दगीमा सारङ्गी रेट्न आउ।