सरकारले कोभिड–१९ विरुद्धको तेस्रो चरणको खोप बुधबार देखि लगाउन सुरु गर्ने भएकोछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका विभिन्न आठ अस्पतालहरूबाट खोप लगाइनेछ।
तेस्रो चरणअन्तर्गत चीनमा छात्रवृत्तिमा अध्ययन गरिरहेका र जाने तयारीमा रहेका विद्यार्थी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारी व्यापारी र प्राध्यापकहरुलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि चीनमै उत्पादित खोपको ८ लाख डोज चीनले नेपाललाई अनुदानमा दिएको थियो। नेपालमा कोरोनाविरूद्ध प्रयोग हुन लागेको यो तेश्रो खोप हो । यसअघि बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन नेपालमा प्रयोग गरिएको थयो।