आकर्षक गन्तव्य मानिएको इजरायलमा अहिले एक हजार जनालाई रोजगारीको अवसर आएको छ । नेपाल र इजरायल सरकारबीच भएको सम्झौता अनुसार, इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको काम गर्न बैदेशिक रोजगार विभागले आवेदन खुलाएको छ । अनमी, सीएमए वा केयर गिभिङको तालिम लिएकाहरुले यो काममा लागि निवेदन दिन पाउँछन् । सरकारी तवर बाटै श्रमिकहरू जाने भएकाले काम र कार्यस्थलका हिसाबले नेपालीको मुख्य श्रम गन्तव्य देशको तुलनामा इजरायलको रोजगारी सुरक्षित र आकर्षक छ । मासिक कमाइ पनि राम्रो छ । इजरायलको श्रम बजारमा नेपाली श्रमिकले गर्नु पर्ने काम, नेपाली श्रमिकको सुरक्षा र थप रोजगारीको सम्भावनाबारे इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यसँग सन्जिता देवकोटाले गर्नुभएको कुराकानी ।
आकर्षक मानिएको इजरायलको श्रम बजारमा लामो समयपछि सरकारी तवर बाटै नेपाली श्रमिकका लागि रोजगारीको अवसर कसरी सम्भव भयो ?
लगभग एक दशक जति नै इजरायल रोजगारी बन्द भयो । म यहाँ राजदूत भएर आएपछि नेपाली दूतावासमार्फत पहल थाल्यौँ । मैले नेपालबाट रोजगारीका लागि श्रमिकहरू आउन पाउनु पर्यो भन्दै यहाँका सम्बन्धित निकायसँग निरन्तर लबिङ गर्दै गएँ ।
नेपालको वैदेशिक रोजगार विभागजस्तै यहाँको पपुलेशन, इमिग्रेसन एण्ड बोर्डर अथ्योरिटी (पीबा)सँग हामीले आग्रह गर्यौँ । यहाँको परराष्ट्र मन्त्रालयसँग कुरा राख्यौँ । उहाँहरूलाई मनाउन निकै गाह्रो भयो । लामो समयसम्म हाम्रै कारणले अर्थात् पारदर्शी नभएका कारण इजरायलले नेपालबाट श्रमिक ल्याउन रोकेको थियो ।
इजरायलीहरूले पनि नेपालीलाई अत्यन्तै मन पराउँछन् । यहाँको वातावरण, कानुन र सुरक्षा एकदमै राम्रो छ । यस कारण पनि इजरायललाई राम्रो गन्तव्यको रूपमा लिन सकिन्छ ।
अझ महिलाहरूका लागि त इजरायल स्वर्ग जस्तै ठाउँ हो भन्न रुचाउँछु म त । यहाँ महिलाहरूको लागि हक अधिकार तथा स्वतन्त्रता एकदमै राम्रो छ । हामीले इजरायललाई हेर्ने नजर अलिकति फरक गर्नुपर्छ कि भन्ने मलाई लागेको छ ।
हो, नेपालमा छँदा इजरायल भनेपछि युद्ध भूमि, बम बारुद जस्तो तस्बिर बसेको हुन्छ । खास इजरायल कस्तो देश हो, त्यहाँको हावा पानी, चालचलन र रहनसहन कस्तो छ ?
म पनि यहाँ आउनुभन्दा पहिले तपाईँले भन्नुभए झैँ सोच्थेँ । तर यहाँ आइसकेपछि धेरै परिवर्तन पाएँ । इजरायल युरोप अमेरिका जस्तो देश हो । यो कस्मोपोलिटिएन (धेरै देशका नागरिक भएको) सिटी छ । यहाँ विभिन्न संस्कृति देख्न पाइन्छ । स्वतन्त्रता छ । विकास अग्र गतिमा छ । यहाँको कानुन श्रम मैत्री छ ।
उहाँहरूको सम्बन्धलाई आमाबुवा र सन्तान भनेर नामकरण नै गरेको छु । श्रमिकलाई पनि छोराछोरीलाई जस्तो माया गरेको देख्छु ।
यहाँ रोजगारीमा आउनेहरू कुनै पनि हकहितबाट वञ्चित हुन पर्दैन । यहाँको सरकार तथा यहाँका नागरिकहरू फेरि एकदमै राम्रा हुनुहुन्छ । अरू देशबाट आएकाहरूसँग पनि आफन्त झैँ व्यवहार गर्नुहुन्छ । यहाँ उचनीचको व्यवहार गरेको पाइँदैन । कुनै पनि कामलाई ठुलो सानो भनेर व्यवहार गरेको पाइँदैन ।
यहाँ केयर गिभिङको काम गरिरहनुभएका नेपाली दिदीबहिनीहरुले कहिलेकाहीँ ८०/९० वर्षका रोजगारदातालाई लिएर आउनुहुन्छ । मैले उहाँहरूलाई भेट्ने गरेकी छु । उहाँहरूलाई भेट्दा मैले अनौठो प्रेम पाएकी छु । मैले त उहाँहरूको सम्बन्धलाई आमाबुवा र सन्तान भनेर नामकरण नै गरेको छु । श्रमिकलाई पनि छोराछोरीलाई जस्तो माया गरेको देख्छु । हिले भर्ना प्रक्रियामा पारदर्शिता अपनाउन सक्यौँ र हामीले यसलाई राम्रो ढङ्गले लिन सक्यौँ भने कोटा अझै बढ्न सक्ने सम्भावना छ ।
यसको भूभाग मिडिलइस्टमा पर्ने भएकाले त्यही नजरले हेर्ने गरेको छ । तर इजरायल एकदमै विकसित देश हो । यो यहुदी देश हो ।
अहिले सहायक कामदारको रूपमा एक हजार जनालाई लैजाने भनेर रोजगारीको लागि आवेदन मागिएको छ । त्यहाँ आएपछि कस्ताे काम गर्नुपर्ने हुन्छ ?
एक हजार सहायक कामदार जो आउँदै हुनुहुन्छ, उहाँहरूले नर्सको अन्तर्गतमा रहेर काम गर्नुपर्ने हुन्छ । उहाँहरूलाई पूर्णतया इजरायल सरकारले नै ल्याउने हो । त्यसैले इजरायल सरकारको मातहतमा उहाँहरूले काम गर्नुहुन्छ । केयरिङ सेन्टर, डे केयर सेन्टर र अस्पतालहरूमा उहाँहरूले काम गर्नुपर्ने हुन्छ । उहाँहरू पुरै सुरक्षित रहनुहुन्छ ।
यहाँको सरकारी मातहतमा रहेका अस्पताल तथा केयर सेन्टरमा काम गर्नुहुनेछ ।
सुरुमा पाँच सय जनाको माग आएको थियो । पछि दूतावासले थप पहल गरेपछि सङ्ख्या बढाएर एक हजार पुर्याएको हो । हामीले अहिले भर्ना प्रक्रियामा पारदर्शिता अपनाउन सक्यौँ र हामीले यसलाई राम्रो ढङ्गले लिन सक्यौँ भने कोटा अझै बढ्न सक्ने सम्भावना छ ।
इजरायलले नेपालबाट मात्र नभएर अरू देशबाट पनि श्रमिक लिइरहनुभएको छ । दीर्घ रोगी र वृद्ध वृद्धको सेवाको लागि उहाँहरू आउनुहुने हो । सुरुमा सहयोगी कामदार भनेर सीटीईभीटीबाट तीन महिनाको ‘केयर गिभिङ’को तालिम लिएकाहरूलाई लिने भन्ने कुरा भएको थियो ।
तर नर्स पढ्न चाहने र नर्स हुन नपाएका र अनमी तथा सीएमए पढेकाहरूले त्यो अवसर पाउनुहुनेछ र यहाँको सरकारी मातहतमा रहेका अस्पताल तथा केयर सेन्टरमा काम गर्नुहुनेछ ।
केयर गिभिङको काम भनेपछि हिंसा पो हुने हो कि, कस्तो व्यवहार होला भन्ने शङ्का र डर पनि छ कतिपयलाई ? यो काममा हिंसा वा श्रम शोषणको सम्भावना कतिको छ ?
तपाईँ यो सोच्नुहोस् कि इजरायलमा रहेको नेपाली दूतावासमा कसैले हिंसा गर्यो भनेर आजसम्म कुनै गुनासो आएको छैन । अझ रोजगारदाताहरुले नै यति धेरै सहयोग गर्नुहुन्छ कि, कामदारको हकहितको लागि पहलसमेत गर्नुहुन्छ । यस्तै महिलाहरूको लागि इजरायल झनै सुरक्षित छ ।जीटूजी प्रक्रियामा सञ्चालित छ । त्यसैले यसमा कुनै पनि प्रकारको जोखिम हुँदैन ।
जीटूजी प्रक्रियामा सञ्चालित छ । त्यसैले यसमा कुनै पनि प्रकारको जोखिम हुँदैन ।
यहाँ कार्यरत नेपाली दिदीबहिनीहरू रोजगारदाताकै सल्लाहमा यहाँका सेवा सुविधाहरु लिने क्रममा दूतावासमा कागजात मिलाउन आउनुहुन्छ । उहाँहरू सबै जना आफूलाई निकै राम्रो भएको पनि बताउनुहुन्छ । निकै खुसी देखिनुहुन्छ ।
एक्जुलरी वर्कर र केयर गिभरमा फरक छ । एक्जुलरी वर्करलाई ठ्याक्कै बुझाउन गाह्रो भएकाले केयर गिभरको नाम दिइएको हो ।
एक्जुलरी वर्कर भन्नाले यहाँको पीबाको समन्वयमा परराष्ट्र मन्त्रालयदेखि श्रम मन्त्रालयको निगरानीमा उहाँहरू आउनुभएको हो । त्यसैले यसको बीचमा कुनै पनि बिचौलिया तथा गैर नाफामूलक संस्थाहरु आबद्ध हुन पाउँदैनन् । यो जीटूजी प्रक्रियामा सञ्चालित छ । त्यसैले यसमा कुनै पनि प्रकारको जोखिम हुँदैन ।
यहाँबाट जानुभएका श्रमिक बिरामी भएमा, दुर्घटना भएमा अथवा कुनै भवितव्य परेमा उपचार वा अन्य खर्च कसले गर्ने व्यवस्था छ ?
यहाँ आउनासाथ उहाँहरूको सरकारले बिमा गराउँछ । तर इजरायलमा बिमा हुने भए नेपालमा किन बिमा गर्ने भन्ने पनि प्रश्न गर्नुहुन्छ । तर इजरायलमा आउनेहरूका लागि मात्र नभएर जुनसुकै देशमा जानको लागि पनि नेपालमा बिमा गर्नुपर्ने पुरानै नियम हो ।बिमा भएपछि एकदमै कम शुल्कमा उपचार हुन्छ । धेरै राम्रो उपचार हुन्छ । उपचार गर्ने बेला पनि रोजगारदाताले नै हेरचाह गरेर गर्ने गरेको पाइएको छ । अब त झन् सरकारकै मातहतमा आएपछि सरकारले नै हेरिहाल्छ ।
नेपालमा बिमा गर्दा पनि उहाँहरूलाई नै फाइदा हुन्छ । श्रम अवधिभित्र केही भएमा त्यसको क्षतिपूर्ति उहाँले नेपालको वैदेशिक रोजगार बोर्डबाट पनि पाउन सक्नुहुने भयो । यस्तै इजरायलमा बिमा नगरीकन बस्न पाइँदैन ।
बिमा भएपछि एकदमै कम शुल्कमा उपचार हुन्छ । धेरै राम्रो उपचार हुन्छ । उपचार गर्ने बेला पनि रोजगारदाताले नै हेरचाह गरेर गर्ने गरेको पाइएको छ । अब त झन् सरकारकै मातहतमा आएपछि सरकारले नै हेरिहाल्छ ।
अब इजरायलको श्रम बजारमा थप रोजगारीको सम्भावना के कस्तो छ ? केयर गिभिङबाहेक अरू कुन कुन क्षेत्रमा नेपाली श्रमिकहरू जान पाउलान् ?
हामीले सबै क्षेत्रमा खुला गरिसक्यौँ । यो एउटा सुनौलो अवसर हो । नेपाल र इजरायलको सम्बन्ध उच्च स्तरमा पुर्याउन सफल भएका छौँ । अघिल्लो वर्षको सेप्टेम्बर ३० मा मैले र यहाँको परराष्ट्रमन्त्रीले एक छाता सम्झौतामा हस्ताक्षर गरेका थियौँ ।
इजरायलको श्रम बजारमा नेपाली श्रमिकहरू कुनै पनि क्षेत्रमा आउन पाउने गरी गरिएको खुल्ला सम्झौता हो । त्यसमा केयर गिभरमा मात्र होइन इजरायललाई आवश्यक परेका क्षेत्रमा आउन पाउने सम्झौता हो ।
इजरायल सरकारले कुनै पनि श्रमिकलाई शोषण गरेको र उनीहरूलाई हक अधिकारबाट वञ्चित गरेको रुचाउँदैन । उनीहरूको श्रम कानुन धेरै बलियो छ ।
त्यसैले त्यही सम्झौतामा रहेर हामीले पहिलो चरणमा एक्जुलरी वर्कर आउने वातावरण बनाएका हौँ । हामीले सकारात्मक रूपमा यसलाई लिन सक्यौँ भने ढोका खुला छ । निर्माण, कृषिको क्षेत्रमा हामीले कोसिस गरिरहेका छौँ । तर पहिला एक्जुलरी वर्करको सन्देश नै राम्रो जानु पर्यो ।
नेपालमा केही मिडियाहरूले इजरायल रोजगारी सम्बन्धी केही गलत सूचना सम्प्रेषण गरेको पाइएको छ । यहाँको सरकारले यस्ता कुरालाई ‘सिरियस्ली’ लिने गर्छ । इजरायल सरकारले कुनै पनि श्रमिकलाई शोषण गरेको र उनीहरूलाई हक अधिकारबाट वञ्चित गरेको रुचाउँदैन । उनीहरूको श्रम कानुन धेरै बलियो छ । त्यसैले श्रमिकलाई शोषण गरेको ठान्छ भने ठिक छ हामी यो प्रोजेक्ट फिर्ता लिन्छौँ, यो प्रोजेक्ट बन्द गर्छु भन्न सक्छ । एक दशक पछि खुला भएको यो रोजगारी फेरि बन्द हुनसक्छ । भाडा दरका कुरालाई लिएर ठुलो बहस गर्दा यहाँको सरकारले पारदर्शिताको प्रश्न उठाउँदै फेरि सम्झौता रद्द गर्न पनि सक्छ ।
हामीले सबै देशलाई एउटै श्रेणीमा राखेर हेर्नु हुँदैन । युरोपलाई हेर्ने दृष्टिकोण, मध्यपूर्वलाई हेर्ने दृष्टिकोण तथा अमेरिकालाई हेर्ने दृष्टिकोण एउटै हुँदैन । एउटै क्षेत्र एसियामा पनि देश गत रूपमा फरक फरक हुन्छ । त्यसैले यसलाई ठुलो मुद्दा बनाउनुपर्छ भन्ने लाग्दैन ।
यसअघि पनि पारदर्शिता नभएर नै नेपाली श्रमिक ल्याउन इजरायलले रोकेको थियो । केही सङ्घसंस्थाबाट इजरायलमा नेपाली श्रमिकहरू शोषित भए भन्ने कुराहरू बाहिर आए । त्यसपछि पारदर्शिता भएन भनेर रोकिएको हो । अहिले पनि सबै पारदर्शिता हुनुपर्छ भनेर उल्लेख गरिएको छ ।
कुनै पनि श्रमिक इजरायलसम्म आउनको लागि कुन एयरलाइन्सबाट आउन चाहनुहुन्छ, त्यहीअनुसार भाडाको दर लिने हो । त्यो भाडा श्रमिकले नै तिर्ने हो । त्यही भएर भाडा दरका कुरालाई लिएर ठुलो बहस गर्दा यहाँको सरकारले पारदर्शिताको प्रश्न उठाउँदै फेरि सम्झौता रद्द गर्न पनि सक्छ ।
जसरी नेपाल सरकारले शून्य लागतमा पठाउने नीति लिएको छ, त्यसरी नै इजरायलमा पनि श्रमिक पठाउने गरी सम्झौता किन गर्न सकिएन ?
सरकारले त्यस्तो नीति लिएको राम्रो हो । त्यो नियम यस्तो देशहरूको लागि थियो कि जहाँ श्रमिकहरूलाई पीडा हुन्छ, अनेक समस्यामा पर्छन्, आदि । तर इजरायलमा त्यस्तो अवस्था छैन ।
यहाँ तलब नै यति धेरै छ कि, महिनाको १६ सय डलर पाउनुहुन्छ । ओभर टाइम गर्नुभयो भने दुई घण्टाको लागि एक सय २५ प्रतिशत बढी पाउनुहुन्छ । अनि दुई घण्टा पछिकोमा एक सय ५० प्रतिशतको दरले ओभरटाइम तलब पाउनुहुन्छ । यहाँ महिनामा एक लाख ७० हजार रुपैयाँभन्दा माथि नै कमाउनुहुन्छ ।
कतिपय केयर गिभर नेपाली दिदी बहिनी दाजुभाइहरुले महिनामा तीन लाख रुपैयाँ भन्दा बढी पनि कमाउनुभएको छ । उहाँहरूले काम सकेर घर फर्किएपछि त्यहाँ गएर घर बनाउनुभएको छ, व्यापार व्यवसाय थाल्नुभएको छ । इजरायलमा रहँदा कतिपयले निकै डोनेसन दिनुभएको छ ।
कोरोना महामारीकै बेला पनि नेपालमा डोनेसन पठाउनुभएको छ । यो हवाई भाडा खास महँगो होइन भनेर उहाँहरू आफैले पनि भन्नुभएको छ । एक महिना काम गरेरै हवाई भाडा उठाउन सक्छौँ भन्नुभएको छ । मान्छेहरूले पहिले १० लाख रुपैयाँ तिरेर आइरहेका थिए । अहिले त यो निकै कम रकम हो । यस्तै मानिसहरूले अहिले पनि १० लाख रुपैयाँ तिरेमा इजरायल जान पाइन्छ भन्ने अफवाह फैलाइरहेका छन् । तर त्यसो केही होइन, त्यो भ्रम हो । ठगी गर्ने मनसाय भएकाहरूका काम हुन् ।अरू देशको लागि त भिसा खर्च पनि लिनुभएको छ, तर त्यसमा हामी सफल भयौँ । कमसेकम भिसाको खर्च त तपाईँहरू दिनुस् भनेर गरेको हाम्रो आग्रहलाई उहाँले बुझ्नुभयो ।
हामीले यस विषयमा निकै छलफल गरेका छौँ । दुवै देशका दूतावास, श्रम, परराष्ट्र, कानुन, स्वास्थ्य मन्त्रालयका उच्च स्तरका कर्मचारीहरू सबै बसेर घनिभूत रूपमा बैठक बसेका छौँ । हामीले टिकट खर्च पनि दिलाइदिनको लागि पनि आग्रह नगरको होइन ।
अरू देशको लागि त भिसा खर्च पनि लिनुभएको छ, तर त्यसमा हामी सफल भयौँ । कमसेकम भिसाको खर्च त तपाईँहरू दिनुस् भनेर गरेको हाम्रो आग्रहलाई उहाँले बुझ्नुभयो ।
तर उहाँहरू अर्थात् इजरायली पक्षले सबै देशको लागि टिकट सम्बन्धी एउटै नियम हुने भन्नुभयो । यस्तै टिकट खर्च आफूले बेहोर्नु परेमा अरू देशबाट श्रमिक ल्याउँछौँ भन्नुभयो । त्यसैले यो कुरामा अल्झेर लामो समयसम्म रोकिएर बल्लतल्ल खुलेको रोजगारीलाई फेरि बन्द गर्ने कुरा थिएन ।
उहाँहरूले अरू देशको लागि त भिसा खर्च पनि लिनुभएको छ, तर त्यसमा हामी सफल भयौँ । कमसेकम भिसाको खर्च त तपाईँहरू दिनुस् भनेर गरेको हाम्रो आग्रहलाई उहाँले बुझ्नुभयो ।
जे भए पनि हामीले इजरायलका सर्तहरू पनि मान्नुपर्ने बाध्यता थियो नै । नेपालमा रोजगारी पर्याप्त भएको भए त विदेशमा श्रम बेच्न आउनु नै पर्ने थिएन । स्वदेशमा नै रोजगारी हुने थियो । बाध्यताका कारणले विवशताका कारणले मात्रै आउन खोज्नुभएको हो ।
त्यसैले कोही आउन चाहनुहुन्छ भने उहाँहरूको चाहनामा हामी बाधक बन्ने त होइन नि । हामीले त अवसर पो दिलाउने हो । जसले भाडा तिर्न सक्नुहुन्न उहाँ आउनुहुन्न, जसले तिर्न सक्नुहुन्छ, उहाँ आउनुहुन्छ । हामीले रोक्नु त भएन । तर यी साना कुरालाई इस्यु बनायो भने इजरायलले नै रोकिदिन्छ कि भन्ने डर छ । एक दशकपछि खुलेको यो प्रोजेक्टमा नेपालसँग काम गर्न अप्ठेरो भयो भन्दै अरू देशबाट श्रमिक मगाउँछ कि भन्ने चिन्ता लाग्न थालेको छ मलाई ।
त्यसैले, सबै कुरा अध्ययन गरेर मात्रै मिडियाले समाचार सम्प्रेषण गर्नुपर्छ, किनकि यसले धेरै कुरा निर्धारण गर्छ । एउटा गलत समाचारले दुई देशबीचको सम्बन्धमा पनि दरार ल्याउन सक्ने हुन्छ । यस्तै ‘लर्न एण्ड अर्न’ प्रोजेक्ट अन्तर्गत कृषिमा पाँच सय जना नेपाली विद्यार्थी आउनुभएको छ ।
काम र कमाइ तथा सिकाइ सबै कुरामा इजरायलको रोजगारी नेपाली श्रमिकको लागि निकै राम्रो छ । त्यसैले यसलाई निरन्तरता दिनुपर्छ भन्ने हो । यसको लागि पारदर्शिता हुनुपर्छ ।
उहाँले पनि पैसा तिरेरै आउनुभएको हो । त्यसैले यो नेपालको लागि मात्र नभएर सबै देशको लागि इजरायलले गर्ने यही हो । त्यसैले नेपाललाई स्वीकार्य छ भने अगाडि बढाउने हो, नेपाललाई स्वीकार्य छैन भने जुन ठिक लाग्छ त्यही आधारमा अगाडि बढ्नुपर्छ ।एक दशक पछि नेपाली श्रमिकका लागि खुलेको इजरायलको श्रम बजार फेरि बन्द होला की भन्ने ठुलो चिन्ता छ मलाई ।
काम र कमाइ तथा सिकाइ सबै कुरामा इजरायलको रोजगारी नेपाली श्रमिकको लागि निकै राम्रो छ । त्यसैले यसलाई निरन्तरता दिनुपर्छ भन्ने हो । यसको लागि पारदर्शिता हुनुपर्छ । मिडियामा झुटो कुरा लेख्नुभएन । नभएको कुरा उल्लेख गर्नुभएन ।
नेपालका केही मिडियाले यस्तो गर्दा त्यसको जवाफदेही हामीले हुनुपर्छ । सम्झौता नै रद्द हुनेसम्मकाे अवस्था निम्तिन्छ । यहाँको परराष्ट्र तथा श्रम मन्त्रालयबाट मलाई फोन आइसकेको छ । नेपालस्थित इजरायली दूतावासबाट पनि नेपालमा किन गलत सूचना गइरहेको छ भनेर मलाई नै फोन गरेर भन्नुभएको छ ।
उहाँहरूलाई त्यो नराम्रो लागिसकेको छ । हामीले त लामो समयसम्म बन्द भएको रोजगारीको ढोका खोलेको हो तर यसको टिप्पणी बढी भयो भनेर उहाँहरू रिसाउनुभएको छ । यस्तो हुन दिनुहुँदैन ।
त्यसैले कुन कुरालाई इस्यु बनाउने कुनलाई नबाउने भन्ने कुरालाई हामीले विवेकपूर्ण ढङ्गले हेर्नुपर्यो । यही कारण एक दशक पछि नेपाली श्रमिकका लागि खुलेको इजरायलको श्रम बजार फेरि बन्द होला की भन्ने ठुलो चिन्ता छ मलाई ।
अन्तमा, अहिले इजरायल रोजगारीका लागि जतिले आवेदन दिनुभएको छ या दिनुहुन्छ उहाँहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ ?
यहाँ आउन चाहनेहरूले सबैभन्दा पहिला त एकदमै ध्यान दिएर आवेदन भर्न आग्रह गर्छु । किनभने त्यसमै सम्पूर्ण कुराहरू उल्लेख गरिएको छ । ढाँटेर फरक ब्यहोरा बनाएर आउँछु भन्ने नसोच्नुहोला । नत्र इजरायल आइसकेपछि पनि फुर्काइदिन्छ ।
किनकि इजरायल यस्ता विषयमा निकै सख्त छ । हिब्रु भाषाको ज्ञान सिकेर आए पनि राम्रै हुन्छ । अहिले त अङ्ग्रेजी भाषा सिकेको हुनुपर्ने भनिएको रहेछ । अहिले अस्पतालमा काम गर्नुपर्ने भएकाले त्यसो भनिएको होला । तर साथसाथै हिब्रु भाषाको ज्ञान पनि भए आफैलाई सजिलो हुन्छ । एक्जुलरी वर्कर भनेपछि त्यति सजिलो पनि होइन, केयर गिभरको भन्दा अलिकति फरक छ । वृद्ध वृद्धा तथा अशक्त व्यक्तिहरूको हेरचाह गर्नुपर्ने भएकाले आफू सेवा गर्न जाँदै छु भन्ने सोचेर आउनुपर्ने हुन्छ ।
यस्तै इजरायलको कानुन पनि अलिकति बुझेर आउनुहोला भन्न चाहन्छु । यस्तै सेवा गर्ने भन्ने मनसाय लिएर आउनुहोला । इजरायलीहरूलाई परिश्रम गरेको, मेहनत गरेको मन पर्छ । किनकि इजरायल देश बनेको नै परिश्रमी नागरिकका कारण हो । नत्र ७० वर्षमा यति धेरै प्रगति गर्न सक्दैनथ्यो होला ।
द्ध वृद्धा तथा अशक्त व्यक्तिहरूको हेरचाह गर्नुपर्ने भएकाले आफू सेवा गर्न जाँदै छु भन्ने सोचेर आउनुपर्ने हुन्छ ।
आफ्नो देशको लागि आफैले गर्ने हो भन्ने मान्यता राख्छन् यहाँको नागरिक । सरकारलाई मात्रै दोष दिँदैनन् । यहाँको नागरिकको यस्तो संस्कृति छ । त्यसैले यहाँ आउनेहरूले पनि मेहनत गर्नुपर्छ, सेवा भावनाले आउनुहोला । मेहनत गरेमा आफ्नै प्रगति हुने हो । धेरै कुरा सिक्न पनि पाउनुहुन्छ ।
एक्जुलरी वर्कर भनेपछि त्यति सजिलो पनि होइन, केयर गिभरको भन्दा अलिकति फरक छ । वृद्ध वृद्धा तथा अशक्त व्यक्तिहरूको हेरचाह गर्नुपर्ने भएकाले आफू सेवा गर्न जाँदै छु भन्ने सोचेर आउनुपर्ने हुन्छ ।
म आफै पनि उहाँहरूलाई लिन विमानस्थलसम्म जान्छु । यहाँ आइसकेपछि दूतावासले अभिमुखीकरण तालिम पनि राख्छ । त्यसपछि उहाँहरूलाई सम्बन्धित ठाउँमा पुराइन्छ ।
साभार