उदयपुरको कटारी नगरपालिकाद्धारा सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला तथा स्वास्थ्य सामग्री बितरण गर्दै

निश्छल कार्की
कटारी, असार ४

उदयपुरको कटारी नगरपालिकाले नगरका गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषिलो खाना तथा स्वास्थ्य सामाग्री वितरण सुरु गरेको छ ।
नगरपालिकले बहुक्षेत्रिय पोषण कार्यक्रम अन्र्तगत सुनौलो हजार दिनका आमा तथा कोभिड संक्रमित महिलाहरुलाई पोषिलो खाना तथा स्वास्थ्य सामाग्री सहितको झोला वितरण सुरु गरेको हो ।

नगरले १४ वटै वडाका टोलटोलमा सामग्री वितरण गरिने जानकारी गराउदै प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख उपमेयर भिमकुमारी राउतले शुक्रबार विहान संयुक्त रुपमा नगरपालिका परिसरमा झोला विरतण गर्दै कार्यक्रमको सुरुवात गर्नुभयो ।

पोषण झोलामा नगरको महिला तथा बालवालिका शाखाको तर्बाट १ थान झोला सहित हुलास वासमती चामल , ५ किलोको १ प्याकेट , आयोनुन १ प्याकेट ,तोरी तेल आधा लिटरको १ बोतल , काजु १ सय ग्राम , घ्यु आधाकेजीको १ डब्बा , ज्वानो २ सय ग्रामको १ प्याकेट राखेको छ ।
त्यसैगरी शिक्षा शाखाबाट नेलकटर १ थान ,तौलिया १ थान , काईयो १ थान रहेको छ भने कृषी शाखाबाट राजमा १ किलो , चना १ किलो , पशु शाखाबाट अण्डा १ क्यारेट र खानेपानी तथा सरसफाई शाखाबाट हातधुने साबुन ५ थान झोलामा राखेर वितरण गरिने नगरका उपमेयर भिम कुमारी राउतले जानकारी गराउनु भयो ।

नगरपालिकाले नगर भित्रका सुनौलो हजार दिनका आमा तथा बच्चाहरूको स्वास्थ्यलाई ध्यानमा राखी सामग्री वितरण सुरू गरिएको उपमेयर राउतले बताउनुभयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने