खडेरीका कारण सुक्दैछ धार्मिक पर्यटकीय स्थल ताप्ली पोखरी

देबराज गिरी
उदयपुरगढी, बैशाख १२

उदयपुरको प्रमुख धार्मिक पर्यटकीय स्थल मध्ये ताप्ली पोखरी पनि एक हो । यो पोखरी पर्यटनको हिसाबले प्रचुर सम्भावना भएको पर्यटकीय स्थल भएपनी प्रचार प्रसारको कमि साथै संरक्षणको कारण ओझेलमा परेको छ ।


ताप्ली गाउँपालिका वडा नं. २ नम्बर लेखगाउँमा अबस्थित यो पोखरी समुन्द्री सतह देखि करिब १८ सय मिटर उचाईमा रहेको यस पोखरीको लम्बाई ३२० मिटर र चौडाई ७५ मिटर रहेको छ ।


हरेक हिसाबले प्रदेश न १ का धेरै पर्यटकिय गन्तब्य स्थलहरुको दाजोमा उत्कृष्ट रहेको यो पोखरीबाट विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत हिमालका हिम शृङ्खलाहरु धित मरुन्जेल नियाल्न सकिन्छ ।


स्थानीय बासी पुर्खाहरुको भनाईलाई आधार मान्दा मान्दा आजभन्दा करिब १५० बर्ष अघि सानो पानीखाने कुवा थियो र उक्त कुवामा पानी लिन एकदिन पाँच जना कन्याहरु गएका थिए तर उक्त कन्याहरु त्यही कुवामा अलप भएको हुदा यो पोखरी छेउमा पन्चकन्याको मन्दिर पनि रहेको छ । यो पोखरिको नाम पन्चकन्या पनि भन्ने गरेको एक स्थानीय अनिसा मगर बताउनु भयो ।


यो मन्दिरमा बलि नचडाई पनि आफुले चिताएको मनोकाङ्क्षा हुने साथै आफ्नो भाकल पूरा हुनेहरुले यहाँ एक पटक आएर दर्शन गर्ने गरेको मगरले बताउनु भयो । उहाको अनुसार यो पोखरीमा हरेक वर्ष नयाँ बर्षको दिन भब्य मेला पनि लाग्ने गरेको छ । खडेरीका कारण पानी सुक्न लागेको पोखरीको यस संरक्षणमा स्थानीय वासी र सरकारको ध्यान जान आबश्यक छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने