शंकर रिखाम मगर
उदयपुर, साउन २५ ।
उदयपुरगढी गाउँपालिकाको सभाहलमा जाल्पा एकीकृत विकास समाज उदयपुरको आयोजना तथा पालिकाको समन्वयमा पालिका स्तरिय ७ गैर सरकारी संस्थाहरुसङ्ग समन्वयात्मक वैठक सम्पन्न भएकोछ ।
उक्त कार्यक्रम पालिका अध्यक्ष मानवहादुर केप्छाकी मगरको अध्यक्षतामा संचालन गरिएकोथियो भने अतिथिहरुमा उपाध्यक्ष चित्रवहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत रमेश राइ सहित पालिकामा कार्यरत विभिन्न शाखा अन्तर्गतका शाखा प्रमुख लगाएत ८ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, विद्यालयका शिक्षक, शिक्षिका र कृषक सहकारी संस्थाका पदाधिकारी साथै पालिकामा कार्यरत जाल्पा एकीकृत विकास समाज उदयपुर, बाल विकास समाज नेपाल, हुरेण्डेक उदयपुर, ओरेक नेपाल, साहारा नेपाल, वन हर्ट र शाहस नेपाल गरि ७ गैर सरकारी संस्थाहरुले सहभागिता जनाएका थिए ।
पालिकामा कार्यरत संस्थाहरुले शिक्षा, स्वास्थ्य पोषण, कृषि, महिला तथा वालवालिका र वातवरण सम्वन्धी काम गरेको प्रस्तुतिहरु गरेका थिए ।
कार्यक्रममा पालिका तथा संस्थाहरुले त्रैमासिक तथा वार्षिक रुपमा गरिएको कामको गतिविधी, सन्चालनमा रहेको कार्यहरु साथै भावी योजनाको वारेमा प्रस्तुतिहरु गरिएको थियो । संस्थाहरुले कुनैपनी काम गर्नु परेमा पालिकामा आवद्ध तथा सुचिकृत गर्दै काम तथा कृयाकलापहरु संचालन गरिनु पर्ने साथै कामहरु गर्दा एकै किसिमका नगरी नदोहोरिने ढङ्गले गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत रमेश राइले जानकारीदिए ।
सम्पुर्ण कार्यरत गैर सरकारी संस्थाहरुले पालिका सङ्ग मिलेर कार्ययोजना वनाउदा कामहरु दोहोरो नपर्ने भएकोले कार्ययोजना वनाइ पालिकामा सेयर गरिनु पर्ने पालिका अध्यक्ष मानवहादुर केप्छाकी मगरले वताए ।
उक्त कार्यक्रममा पालिकाको वडा नम्वर १ र २ लाई वालमैत्री घोषणा गर्न ५१ सुचकहरुमा केही सुचकहरु मात्र बाँकी रहेकोले पालिका स्तरिय बाल अधिकार समिती वडा नम्वर १ का वडाध्यक्ष दिलवहादुर रानाको अध्यक्षतामा १५ सदस्यिय समिती गठन गरिएकोछ भने पालिका स्तरिय गैर सरकारी संस्था समन्वय समितिमा बाल विकास समाज नेपालका चेतराज श्रेष्ठको अध्यक्षतामा ९ जना समिती गठन गरिएकोछ । उक्त कार्यक्रमलाइ आयोजक जाल्पा एकीकृत विकास समाज उदयपुरका गोल परियोजना अन्तर्गत कार्यक्रम अफिसर कमलवहादुर कटुवालले सहजिकरण गरेका थिए ।