उदयपुरमा कोरोनाको कारण एकैदिन ५ जनाको मृत्यु

उदयपुरमा अहिले साँझ थप एकजनाको कारोनाको कारण मृत्यु भएको छ । त्रियुगा नगरपालिका १ जोगिदहका ३७ वर्षिय एक पुरूषको मृत्यु भएको हो ।
सुरक्षा अधिकारीका अनुसार होम आइसोलेसनमा रहेको अवस्थामा एक्कासी स्वास्थ्यमा समस्या भइ उनको मृत्यु भएको हो । समस्या देखिनासाथ बेल्टारस्थित कोरोना हस्पिटल लगिए पनि त्यहाँ जटिल अवस्थाका विरामीको उपचार नहुने भएपछि जिल्ला अस्पताल उदयपुर ल्याउने क्रममा मृत्यु भएको बताइएको छ ।
उनीसंगै उदयपुरमा एकैदिन कोरोनाले मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि ७ जनाको मृत्यु भइसकेको थियो । जिल्लामा जम्मा मृतकको संख्या १२ पुगेको छ ।

यो सँगै मृतकको संख्या उदयपुरमा १२ पुगेको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार कोरोना भाइरसको संक्रमणपछि उपचारको क्रममा त्रियुगा नगरपालिका ३ घर भई गाईघाट बजारमा व्यापार गर्दै आएका ४० बर्षिय व्यापारीको शनिबार बेलुका मृत्यु भएको हो ।

संक्रमण देखिएपछि उनलाई परिवारले पाँच दिनअघि झापाको विएनसी अस्पतालमा भर्ना गरेका थिए । त्यसैगरी कोरोनाबाट संक्रमित भएका त्रियुगा नगरपालिका १० का ६३ बर्षिय पुरुषको उदयपुर कोभिड अस्पताल चौदण्डिगढी नगरपालिका ७ मा शनिबार बेलुका मृत्यु भएको छ ।

चौदण्डिगढी नपाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुुर पोखरेलका अनुसार कोरोना देखिएपछि उनलाई अस्पतालमा भर्ना गरी राखिएको थियो । शनिबार दिउँसोसम्म सामन्य अवश्थामा रहेका उनी संक्रमणबाट आत्तिएर हृदयघातबाट ज्यान गएको हुन सक्ने प्रजिअ सेर्डाइले बताए । उदयपुर कोभिड अस्पतालमा विरामी भएका मध्ये मृत्युको घटना यो पहिलो हो ।

त्यसैगरी ज्वरो र रुघाखोकी लागेपछि उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा भर्ना भएका चौदण्डिगढी नपा ५ का ५६ बर्षिय पुरुषको नोवेल अस्पतालमा आईतबार बिहान मृत्यु भएको छ । अस्पताल आएका उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि वार्डमा भर्ना गरी उपचार गरिएको थियो ।
त्यसैगरी विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा त्रियुगा नपा १२ का ५१ बर्षिय पुरुषको शनिबार बेलुका मृत्यु भएको छ । तीन दिनअघि दमको विरामी भई उपचारका लागि विराटनगर पुर्याइएका उनलाई गोल्डेन अस्पताल विराटनगरले कोरोना पुष्टि गरेको थियो । कोरोना पुष्टिपछि अस्पतालले उपचार नगरेपछि उनलाई परिवारले ग्रिनक्रसमा पुर्याएको थियो ।
जटिल अवस्थाका विरामीलाइ भेन्टिलेटर, आइसियुमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर, उदयपुरमा यो सुविधा नहुँदा विरामीले यसरी नै ज्यान गुमाउनु पर्ने अवस्था छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने