बिरेन्द्र खड्का
उदयपुर, भदौ १८
उदयपुरमा जिल्ला स्तरिय युवा महिला संजाल गठन भएको छ । जिल्लाको आठ वटै स्थानियतहलाई समेटेर संजाल गठन गरिएको छ ।
विगत १ वर्ष देखि महिला सशक्तीकरण केन्द्र उदयपुरले जिल्लाका युवा महिलाहरुलाई नेतृत्व विकास,महिलावादी क्षमता अभिबृद्दी , लैङ्गिक समानता, बालविवाह न्यूनीकरण लगाएतको विषयमा प्रशिक्षण दिएर संजाल गठन गरेको संस्थाका कार्यकारी निर्देशक बन्दना दनुवारले बताउनु भयो । उहाले तालिम पश्चात् युबा महिलाहरुको नेतृत्वले समुदाय स्तरमा रहेको महिलाको मुद्दाहरूलाई पहिचान गर्न,असमान शक्ति सम्बन्धबाट स्थापित विभेदहरु विरुद्धको आवाजलाई समुदाय स्तरबाटै बुलन्द गर्ने, महिला आन्दोलनलाई अगाडी बढाउन सहयोग पुग्ने बताउनु भयो । शुक्रबार महिला सशक्तीकरण श्रोत केन्द्र उदयपुर र सामुदायिक रेडियो १०२ थोप्लो ४ मेगाहर्जले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि ११ सदस्यीय जिल्ला कमिटी सार्वजनिक गरेको हो ।
[post-views]
संजालको संयोजकमा त्री.न.पा. का रन्जु दनुवारलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा त्रीयुगाकै रेनुका चौधरी ,अर्चना दनुवार ,सुनिता सदा रहेका छन । रौतामाईका नबिना परियार,लिम्चुङ्बुङका सत्यकला राई, ताप्लिका रेखा ज्यू ठकुरी , उदयपुरगढिका सुस्मिता कार्की , कटारीका पबित्रा दाहाल, बेलकाका पबित्रा राई र चौडण्डीका आस्मा कार्की रहेका छन ।