उदयपुरमा निशेधाज्ञ थपिने भएको छ । अव थपिने निशेधाज्ञ थप कडाइसाथ लागु गराउने भएको छ । छ दिनअघि लागु भएको निशेधाज्ञ भोलि सकिदैछ । भोली सकिए लगत्तै लागु हुने गरी थप ७ दिनको लागि निशेधाज्ञ घोषणाको तयारी रहेको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कोभिड संकट ब्यवस्थापन समितिका संयोजक तुलसीराम सेढाइका अनुसार पुनः ७ दिन ( २०७८ जेठ ७ गते ) रातको १२ बजेसम्म निशेधाज्ञ थप्ने तयारी संगै आदेश जारी भएको छ । अवको निशेधाज्ञ थप कडा हुने उहाको भनाई छ ।
जिल्लामा संक्रमितको संख्या बढ्दो रहेसंगै संक्रमणको उच्च जोखिम देखिएकाले निशेधाज्ञ थप कडाइका साथ लागु गर्ने भएको उहाँले बताउनुभयो । हिड्डुल, सामाजिक, तथा सांस्कृतिक, धार्मिक कार्यक्रमदेखि सबैखाले जमघटको हुने गतिविधिलाई कडाइका साथ रोक्ने उहाँले बताउनुभयो ।
अवको निशेधाज्ञमा देवाली, पूजा, साकेला , खेलकुद, नाचगान, मेला, जात्रा, भोजभतेर र हाटवजार जस्ता जमघट हुने कार्यक्रमलाई पनि पूर्ण रोक लगाउने उहाँले बताउनुभयो । अहिलेसम्मको निशेधाज्ञ पालनाको अवस्था सन्तोषजनक देखिएको उहाँले बताउनुभयो । तर कतिपय मानिसमा आफै समस्यामा नपरि नचेत्ने जस्तो ब्यवहार देखिएको पनि बताउनुभयो । त्यस्तालाई कारवाही थालिएको पनि उहाँले बताउनुभयो ।
उदयपुरमा आज ३५ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३१६ पुगेको छ । कोरोनाका कारण उदयपुरमा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ।
संक्रमितहरु मध्ये २ सय २७८ जना होम आ्इसोलेशनमा छन् भने ३६ जनाको संस्थागत आइशोलेशनहरुमा उपचार भइरहेको छ । लिम्चुङबुङका दुई संक्रमित पनि होम आइसोलेशनमै रहेका छन् ।
कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट उदयपुर जिल्लाभर लागु हुने गरी जारी गरिएको आदेश
हालसम्मको अबस्था तस्बिरमा