उदयपुर, २२ असार ।
जाल्पा एकिकृत बिकास समाज उदयपुर र वल्र्ड भिजन इन्टरनेशनल नेपालको आयोजनामा पहिरो सिमुलेशन ( नमुना प्रदर्शन ) तथा अभ्यास सम्वन्धी ३ दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण तालिम आज मंगलबारबाट उदयपुरमा सुरु भएको छ ।
वल्र्ड भिजन इन्टनेशनल नेपाल, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानिय पालिकाहरुको समन्वयमा संस्थाले पहिरो सामना किताव परियोजना अन्तर्गत पहिरो सिमुलेशन नमुना प्रदर्शन तथा अभ्यास सम्वन्धी तिन दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरेको हो । तालिम पश्चात सहभागीहरुले जिल्लाको पहिरो बाट जोखिम स्थानहरुमा पहिरो सम्बन्धी कृतिम नमुना अभ्यास तथा प्रदर्शन गर्ने योजना रहेको संस्थाका अध्यक्ष पुष्पराज पोखरेलले बताए । अध्यक्ष पोखरेलले विपद जोखिमको न्युनिकरण तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताए ।
उदयपुर जिल्लाको अधिकाँश भुभाग पहाडी क्षेत्र रहेको र त्यस क्षेत्रमा मनसुनको समयमा पहिरोको जोखिम उच्च रहेकोले सो सम्बन्धी सेचतना र प्रतिकार्यका लागि स्थानिय स्तरमा जनशक्ति तयार गर्नका लागि सो प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरिएको आयोजक संस्था जाल्पा एकिकृत विकास समाज उदयपुरका परियोजना संयोजक अजयकुमार साहले बताए ।
आगामी तिन दिन सम्म संचालन हुने सो तालिमको सहजीकरण विपद् व्यवस्थापन विशेषज्ञ रामकुमार दाहालले गरेकाछन । पहिरो जोखिम व्यवस्थापनका साथै विपद जोखिम व्यवस्थापन , विपद समवन्धी अवधारणा र नेपालमा विपदको अवस्था र विपद् व्यवस्थापनका चक्र साथै जलवायु परिवर्तनको कारण प्रभाव, असर र अनुकुलको वारेमा समेत प्रशिक्षण हुने प्रशिक्षक दहालले बताए ।
तालिमको विषय बस्तु अन्तर्गत विपद् सम्वधी स्थानिय, प्रदेश र संघिय तहमा भएको विपद् व्यवस्थापन सँग सम्बन्धि निती रणनितीहरु , भुकम्प, वाढी, पहिरोका कारण हुने असर र त्यसको न्युनिकरण व्यवस्थापन साथै कृतिम घटना अभ्यास समेत गराइने जनाइएको छ । कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरु ,स्थानिय शिक्षकहरु , नेपाल प्रहरी, शसस्त्र प्रहरी, विद्यार्थी ,पत्रकार गरी २५ जनाको सहभागीता रहेको कार्यक्रम संयोजक साहले बताए ।
तालिम पश्चात प्रशिक्षकहरुले आफनो स्थानमा पहिरो सम्वन्धी सिमुलेशन नमुना प्रदर्शन गर्ने आयोजक संस्थाले जनाएको छ ।