उदयपुरमा पौडी खेल्ने क्रममा दुई बालिका बेपत्ता

स्थानीय सिसाखोलामा पौडी खेल्ने क्रममा बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने धाप्लाङका ती बालिका बेपत्ता भएका हुन् । त्रिनपा–१४ साउनेका पूर्व वडाध्यक्ष कुरुङ राईका अनुसार खोलालले बगाएर सुनकोसी नदीमा बेपत्ता हुने बालिकामा स्थानीय १३ वर्षीया विपना राई र अर्का १२ वर्षीया वीना राई रहेका छन् ।

राईका अनुसार दिनको १ः ४५ बजेतिर गोठालो गएका दुई बालिका स्थानीय सिसाखोला दोभानमा पौडी खेल्ने क्रममा सिसाखोलाले बगाएर सुनकोसी नदीमा डुब्न पुगेको कारण बेपत्ता भएका हुन् । घटना लगत्तै स्थानीयवासी र प्रहरीचौकी साउनेबाट गएका प्रहरीले समेत खोलाले बगाएको बालिकाको निरन्तर खोजीकार्य गरिरहेको तर फेला पार्न नसकेको साउनेका अर्का स्थानीय देव मगरले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराका अनुसार घटनाबारे प्रहरीमा खबर आएलगत्तै प्रहरीचौकी साउनको प्रहरी टोलीले घटनास्थलमा गएर खोजीकार्य जारी राखेको तर साँझ परिसकेकाले फेला पार्न नसकिएको प्रहरी प्रमुख बोहराले बताए । भोलि बिहान उज्यालो हुने साथ बेपत्ता बालिकाको थप खोजीकार्य जारी राख्ने पनि प्रहरीले बताएको छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने