उदयपुरमा बढ्यो सवारी दुर्घटना, ७ महिनामा २९ को मृत्यु

उदयपुर,तिव्र गति र घुमाउरो सडकका कारण उदयपुरमा सडक दुर्घटना बढ्दै गएको छ ।


सवारी साधनको चाप कम हुने क्षेत्रमा चालकले अत्याधिक गतिमा कुदाउने र घुमाउरो सडकमा नियन्त्रण गर्न नसकेको कारण उदयपुरमा सडक दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।


कार्यालयले दिएको जानकारी अनुसार यस बर्ष श्रावण यता १ सय ६९ सवारी सााधन दुर्घटना हुदा २९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५८ जना गम्भिर घाइते भएका छन भने २ सय ९३ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा छ ।


गत ३ बर्षको तथ्याङ्कलाई हेर्दा आर्थिक बर्ष ०७५/०७६ मा १ सय ७ सवारी दुर्घटना हुदा ४२ जनाको मृत्यु भएको छ । त्यसैगरी आ.ब. ०७६/०७७ मा १ सय २७ दुर्घटना हुदा ३१ जना र आ.ब. ०७७/०७८ मा २ सय ३४ दुर्घटना हुदा ३८ जनाले ज्यान गुमाएका छन ।


हरेक बर्ष यो तथ्याङ्क बढ्दै गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायव निरिक्षक लिल कुमार श्रेष्ठले जानकारी दिए ।


सबै भन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ । यस आर्थिक बर्षको ७ महिनामा १ सय ३३ वटा मोटरसाइकल,७ यात्रुवहाक बस, ७ ट्रिपर, २६ जिप कार, १० ट्याकटर र १९ अटो टेम्पो दुर्घटनामा परेका छन । दुर्घटना न्युनिकरण विभिन्न कार्यक्रम गरेका भए पनि दुर्घटनाको क्रम रोकिएको छैन ।


ट्राफिक प्रहरी कार्यालयले श्रावण यता १३ हजार ७ सय ५० सवारी कारवाही गरि ७७ लाख ९० हजार राजस्व संकलन गरेको छ ।
आर्थिक बर्ष ०७५/०७६ मा १४ हजार २ सय ९५ सवारी कारवाही गरि ९४ लाख ३६ हजार ५ सय रुपैया, आ.ब. ०७६/०७७ मा १५ हजार ७ सय ५० सवारी कारवाही गरि १ करोड ९४ हजार रुपैया र ०७७/०७८ मा १३ हजार ७ सय ५० सवारी कारवाही गरि १ करोड २६ लाख ५ हजार ५ सय रुपैया राजस्व संकलन गरेको श्रेष्ठले बताए ।


उनले उदयपुरको मदन भण्डारी राजमार्गमा धरै जसो दुर्घटना हुदै आएको जनाए ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने