समाज कल्याण परिषद्ले वर्ल्ड भिजन र साझेदार संस्था जाल्पा एकिकृत विकास समाज,उदयपुर र हुरेन्डेकले सन् २०१५ देखि उदयपुरमा गरेका कार्यक्रमहरुको दुइ दिने अनुगमन सम्पन्न भयेको छ ।
संघ सस्थाहरुको नियमक निकाय समाज कल्याण परिषदले उदयपुरमा पहिलो पटक यसरी अनुगमन गरेको हो । अनुगमनमा समाज कल्याण परिषद्को निर्देशक चित्र बहादुर थापा,विषय विशेषज्ञ यादव कडेल,वर्ल्ड भिजनका प्रतिनिधि हरि उपाध्याय,मोहन डागी र आनन्द खड्का लगायत जाल्पा र हुरेण्डेकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
परिषद्ले त्रियुगा नगरपालिका १५ र रौतामाई गाउँपालिका ४,७ र ८ मा वर्ल्ड भिजन साझेदार संस्था जाल्पा एकिकृत विकास समाज,उदयपुर र हुरेन्डेक समुदायमा संचालन गरिएको क्रियाकलापहरुको अनुगमन गरेको हो । अनुगमन पश्चात आगामी दिनमा कार्यक्रमहरु गर्ने वा परिमार्जन गर्ने लगायतका विषयमा निर्देशन दिने छ ।