बिरेन्द्र खड्का
रौतामाई ३, लाफागाँऊ
जाल्पा एकीकृत बिकास समाज उदयपुर र वल्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित बाल स्पोन्सर्शिप परियोजनाको आयोजनामा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम गाईघाटमा सम्पन्न भएको छ।
मिति २०८० श्राबण २३ देखि २५ सम्म संचालन भएको संघीय नमूना युवा संसद अभ्यास कार्यक्रमको समापन समारोहमा जाल्पा एकीकृत बिसास समाजको सदस्य कमला बस्नेत, रौतामाई गाउँपालिका उदयपुरको उपाध्यक्ष भुपीन्द्र बहादुर थापा र वल्ड भिजन ईन्टर नेशनल नेपालको आनन्द खड्का ज्यूको उपस्थिती रहेको थियो ।
संघीय नमूना युवा संसद अभ्यास कार्यक्रमको प्रशिक्षण तथा सहजीकरण प्रशिक्षक निरज न्यौपाने र लोक बहादुर बि. क. ले गर्नु भएको थियो । कार्यक्रममा उदयपुर जिल्लाका ६ स्थानीय तहबाट जम्मा २९ जना युवाहरुको सहभागिता रहेको थियो ।
नमुना युवा संसद अभ्यास कार्यक्रममा नमुना युवा प्रधानमन्त्री रौतामाई गाउँपालिका को रबिन्द्र कार्की , सभामुख उदयपुरगढी गाउँपालिकाको सन्तोष कार्की , रास्ट्रपति रौतामाई गाउँ पालिकाको लेख कुमारी खत्री लगायत निवार्चित हुनु भएको थियो। संघीय नमूना युवा संसद अभ्यासको क्रममा नमूना युवा संसद्को नमुना उपसभामुख, विभिन्न विषयका मन्त्री, प्रतिपक्ष दलका नेता, सत्ता पक्ष र प्रतिपक्षी दलको सचेतक लगायत चयन गरी अभ्यास गरिएको थियो ।
नमूना युवा संसद अभ्यासको अवधारणा, व्यवस्थापिका, कार्यपालिका, न्यायापालिकाको काम, कर्तव्य र अधिकारको विषय, संसद भित्र हुने नियम कानुनहरु प्रक्रिया, संघीय संसदको शून्य समय,विशेष समयमा सांसदहरुको प्रश्न र सम्बन्धित मन्त्रीको जबाफ , विधेयक पेश र पारित गर्ने लगायतका विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रम को तेस्रो दिनमा पालिका उपाध्यक्ष भुपीन्द्र थापाले लोकतन्त्र,गणतन्त्र, र देशमा लोकतन्त्र र गणतन्त्र पश्चात को वर्तमान अवस्था वारे आफ्नो अनुभव बताउनु भएको थियो ।
वल्ड भिजन ईन्टरनेशनल को प्रतिनिधि आनन्द खड्काले उदयपुर जिल्लाको प्रत्येक स्थानीय तहका युवालाई थप सशक्तीकरण र प्रोत्साहन गर्ने कुरा बताउनुभयो। यस कार्यक्रमले युवाहरुलाई सामाजिक राजनीतिक र आर्थिक रुपले थप उर्जाशील र गतिशील बन्न प्रेरित गर्ने बताउनु भयो ।
त्यस्तै यो युवा जनशक्तिलाई थप सशक्तिरण गर्न यस कार्यक्रमले प्रभावकारी टेवा पुग्ने ,जाल्पाले विगतका दिन हरु बाट नै युवा सशक्तीकरण, युवा उद्यमशीलता, रोजगार प्रवद्र्धन लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेको र आगामी दिनमा पनि यस्तो कार्यक्रममा युवा माझ ल्याउन पहल कदमी गर्ने कुरा जाल्पा एकीकृतका बिकास समाज उदयपुर को सदस्य कमला बस्नेतज्यूले बताउनु भयो ।