तुलाराज अधिकारी
उदयपुर, भदौ १०
गजल १
महामारिको बेला लुट्नेलाई के भन्नुहुन्छ तपाई ?
आपत्तिको बेला फुट्नेलाई के भन्नुहुन्छ तपाईं ?
न्याय माग्दै जान्छ जो अदालतको ढोकामा
उसैलाई ब्यर्थै कुट्नेलाई के भन्नुहुन्छ तपाई ?
हिजो म सङ्ग केही नहुदा टाढिएका थिए जो
आज नजिकै जुट्नेलाई के भन्नुहुन्छ तपाई ?
सुन हुँ म फलाम नसम्झनु भनी रहदा पनि ,
फलामनै सम्झी पिट्नेलाई के भन्नुहुन्छ तपाई ?
गजल २
मुटु भित्र वेदनानै वेदनाको खिल बन्दैछ
जीन्दगी सोचे भन्दा बढी मुस्किल बन्दैछ
तपाई भन्नुहुन्छ धोका दिनु पाप हो महोदय
हेर्नुस न यहाँ धोखेबाजहरुकै महफिल बन्दैछ
आउ सक्ने जतिले अझै मलाई सताएर जाउ
आखिर मेरो दिल घाउहरुकै सिल बन्दैछ ।
जसलाई आफ्नो ठानि प्रेम गरिरहे मैले
उसकै कारण मेरो बैरिको जीवन झिलमिल बन्दैछ ।
जहाँ म गयो त्यही हजारौं चोट खानुपर्ने ,
कति धेरै अभागी मेरो भाग्य र दिल रहेछ ।