उदयपुर कृषि सहकारी संस्थाको आयोजनामा युवा तथा साना ब्यवसायी स्वरोजगार कोष सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

उदयपुर, भदौ १२
उदयपुर कृषि सहकारी संस्थाको आयोजनामा युबा तथा साना व्यवसायि स्वरोजगार कोष कार्यकारी उपाध्यक्ष अर्थबिद डा. देबराज रोका (कल्याण) को प्रमुख आतिथ्यमा सहकारीका सचालक समिति, पदाधिकारी शेयर सदस्य र युबा ब्यबसायीहरु बिच स्वरोजगार सम्बन्धि छ्लफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

युवामा लगानी , समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाइ आत्मसात गर्दै युवाहरुलाइ स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्वेश्य अनुरुप उदयपुर कृषि सहकारी संस्थामा युबा तथा साना ब्यबसायी स्वरोजगार कोष सम्बन्धि जानकारी तथा कोष सम्वन्धि चेतना अभिबृदि गर्न उदयपुर कृषि सहकारी संस्थाका अध्यक्ष नारायण बहादुर दाहालको अध्यक्षतामा सहकारीका सचालक समिति ,पदाधिकारी र ब्यबसायीहरुको उपस्थितीमा अन्र्तक्रिया कार्यक्रम सहकारीको कार्यलयमा सम्पन्न भएको छ, कार्यक्रम औपचारीक रुपमा केशब राना मगरले सन्चालन गर्नु भएको थियो, उक्त कार्यक्रममा प्रमुख अतिथी युबा तथा साना व्यवसायि स्वरोजगार कोष कार्यकारी उपाध्यक्ष अर्थबिद डा. देबराज रोका (कल्याण) , ऋण समिति सदस्य बौवा बस्नेत, अस्विन कार्की, ,नबप्रभात नेपालका अध्यक्ष दुर्गानन्द चौधरी, युवा स्वरोजगार कोष का कर्मचारी अङ्गिस श्रेष्ठ, जिल्ला समन्वय समिती प्रतिनिधी दिनेश परीयार सिटिजन लाइफ इन्सुरेन्सका म्यानेजर मन्जु थापा एवं अन्य सरोकार वालाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।


उदयपुर कृषि सहकारी संस्था वि. स. २०७१ मा स्थापना भएको संस्था हो, पुराना कार्य समिति परिवर्तन गरी विगत २ वर्ष देखि स्थानीय युवाहरुले जोश जाँगर का साथ कृषि क्षेत्रमा केहि परीबर्तन गर्नुपर्छ भन्ने साझा उदेश्यका साथ नया र आधुनिक तरिकाले सहकारी सञ्चालन गर्दै आएको र यसलाई निरन्तरता दिने कुरा जानकारी गराउँदै कार्यक्रमको सञ्चालन केशव राना मगरले गरेका थिए ।
यस उदयपुर कृषि सहकारीलाइ अझ नमूना सहकारीको रूपमा स्थापना का लागि जिल्ला भरि बाट उत्पादित कृषि जन्य वस्तु हरु संकलन गरेर नयाँ रुप दिएर विक्रीवितरण गर्ने योजना अनुसार अचार उद्योग दर्ता भई गुणस्तरिय अचार बिक्री वितरण गर्दै आइरहेको र चाँडै नै मसला र बेसार उत्पादन सुरु गर्न लागेको कुरा जानकारी गराउँदै कार्यक्रम मा उपस्थित प्रमुख अतिथि, अतिथि विभिन्न संस्था बाट प्रतिनिधित्व गर्नु हुने प्रतिनिधि हरु, सेयर सदस्यहरु, युबा ब्यबसायीहरु एवं उपस्थित सबैलाई स्वागत गर्दै संस्थाको बारेमा संस्था का प्रमोद दाहाल ले जानकारी गराउनु भयो ।


कार्यक्रमका पमुख अतिथी युबा तथा साना व्यवसायि स्वरोजगार कोष कार्यकारी उपाध्यक्ष अर्थबिद डा. देबराज रोका (कल्याण ) ले युवा तथा साना व्यवशायी स्वरोजगार कोषले मुलुकका ७५ जिल्लामा व्यावसायीक कर्जा लगानी गरेको छ । कोषले हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा बेरोजगार यूवालाई स्वरोजगार बनाउने उदेश्यले कर्जा लगानी गरेको हो । कोरोना महामारीका बेला समेत कोषले कर्जा लगानी, अनुगमन लगायतका कामलाई तिब्रता दिएको जानकारी गराउनुभयो ।
कोषले यो बर्ष करिब साढे २ अर्ब लगानी गरेको छ । अहिले व्यावसायीक कर्जा लगानीका लागि आवेदन दिने सहकारी तथा बित्तिय संस्थाको स्थलगत अनुगमन तथा लगानी सम्झौताको कामले तिब्रता पाइरहेको कुरा जानकारी गराउनु भयो । पहिलो किस्ता पाएका सहकारीहरुले दोस्रो किस्ता बापतको रकम प्राप्त गर्ने चरणमा छन् भने गत असार मसान्त सम्म आवेदन दिएका सहकारीहरुको स्थलगत अनुगमन भईरहेको र त्यही शिलसिलामा उदयपुरमा आएर यसरी कार्यक्रममा बस्न पाउदा र केही कुराहरु जानकारी गराउन पाउदा खुसी लागेको कुरा डा. कल्याण ले जानकारी गराउनु भयो ।


यो कोष प्रभाबकारी र पारदर्शी तरीकाले बितरण हुने कुरा जानकारी गराउदै यस संस्थाद्घारा उत्पादित अचारको प्रशंसा संगै अचारबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ढङ्गवाट उत्पादन गर्ने ढुवानी गर्ने, प्रशोधन गर्ने बिक्रि बितरण गर्ने र प्रयोग गर्ने लाभदायी यसरी धेरै जनाले रोजगारी पाउने र सबै जना लाभग्राहि हुने भएकाले धेरैलाइ फाइदा पुग्ने कुरा जानकारी गराउदै यसलाइ ब्यबस्थापन तथा बिक्रि बितरण तथा ब्रान्डिङ गरी प्रचार प्रसार गर्न सक्दो सहयोग गर्ने प्रतिबद्घता गरी सोही अनुसार योजना बनाउन र इच्छुक शेयर सदस्यहरुलाइ शेयर लगाउन दिई अगाडी बढ्न सल्लाह सुझाब दिनु भयो ।


युवा तथा साना व्यवसायी स्वरोजगार कोष को अनुगमन अन्तिम चरण मा पुगेको हाम्रो कार्यक्षेत्र ठूलो रहेको र निवेदन पनि धेरै भएको हुनाले समय लागेको र केही दिन भित्रै पारदर्शी तरिकाले जसलाई अति आबस्यक , योग्य हुनुहुन्छ थोरै लगानीमा मा केहि गर्छु भनेर निवेदन पेस गर्नु भएको छ पारदर्शी तरिकाले छनौट हुनेछ र पहिलो किस्ता वितरण गर्नेछौं र लगत्तै अर्को किस्ता को लागि नी छनौट गरी प्रकिया अगाडि बढाउने छौँ ,भन्दै संस्था का विस्तृत रूपमा जानकारी गराउँदै आगामी दिन हरुमा कृषि क्षेत्रमा अझ बढी प्रभावकरी ढंगले काम गर्ने प्रतिवद्धता जनाउँदै छोटो समयमा संस्था को निम्तो लाई स्वीकारेर उपस्थित हुनुहुने सम्पूर्ण सहभागी हरु विशेषगरी प्रमुख अतिथि, अतिथि अन्य संस्था का प्रतिनिधि संस्था का पदाधिकारी, कृषि क्षेत्रमा केही गर्छु भनि लागि पर्नुहुने युबा ब्यबसायी एवम् कर्मचारीहरु लाई धन्यवाद दिँदै आगामी दिनहरूमा साथ र सहयोग को आशा राख्दै कार्यक्रम समापन गर्नु भयो ।
अन्तमा खरायो पालक युबा उद्यमी हेमन्त भन्डारी बाट वहाले उत्पादन गर्नु भएको मायाको चिनो डा. कल्याण एबं कृषि सहकारी बाट उत्पादन भएको अचार कोसेली स्वरुप कार्यक्रम मा उपस्थित प्रमुख अतिथि, अतिथिहरुलाई संस्थाका अध्यक्ष नारायण बहादुर दाहाल ज्यू ले दिनु भयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने