बिरेन्द्र खड्का ( राज्जा )
रौतामाई गा.पा., उदयपुर
उदयपुर स्पोर्ट्स क्लबको प्रथम अधिबेशन बाट दोश्रो कार्यकालको लागि अध्यक्षमा आसन दाहाल नै सर्बसहमती चएन भएका छ्न । उनको नेतृत्वमा बनेको नया समितिमा राजकुमार रोक्का उपाध्यक्ष, हरिहर दाहाल सचीव जनसरी राई सह( सचीव र जिवनी राई कोषाध्यक्ष त्यसैगरी सदस्य मा सरोज हमाल , सुवर्ण समशेर कार्की , मिना राई , देवराज दाहाल , प्रदिप श्रेष्ठ र ख्यामराज श्रेष्ठ गरि ११ सदस्यीय समिति सर्बसहमती नै चयन गरिएको छ ।
कोरोना महामारीको समय भएकाले उक्त कार्यक्रम त्रियुगा नगरपालिका उदयपुरको थरुहट रङगशालामा सामाजिक दुरि कायम गरि संचालन गरिएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष राजकुमार रोका बाट आर्थिक तथा अध्यक्ष बाट क्लबका हाल सम्म भयका गतिविधि चुनौती र आगामी कार्यक्रम सहितको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने उक्त कार्यक्रम हरिहर दाहालले संचालन गर्नु भएको थियो ।
नयाँ समितिको तर्फबाट अध्यक्ष आसन दाहालले क्लबको आगामी कार्य दिशा र योजनाको खाका पनि प्रस्तुत गर्दै क्लबलाई अझ राम्रो बनाएर सबै पक्षहरूलाई समेटेर जाने बताउनु भएको थियो ।
उदयपुर स्पोर्ट्स क्लब २०७३ साउन १५ गते गठन भएको र २०७३ माघ महिनामा जिल्ला खेलकुद बिकास समिती बाट आधिकारिक दर्ता प्रमाण पत्र पाई उदयपुर जिल्लामा विभिन्न खेलकुद गतिविधि संचालन गर्दै आएको उदयपुर स्पोर्टस क्लबले भलिबल क्षेत्रमा छोटो समयमा उपलब्धि हासिल गरेको छ ।