“उनले दिएको अन्तिम निसानी घडी”

विरेन्द्र खड्का

छागोबाट बग्ने झरनाको पानीले सुमधुर आबाज निकाल्दै सुसेल्दै समथर बगरको किनार सम्म पुगेर भदौ महिनामा बालुवा भिजाउने चाहना हुन्छ त्यस्तै युवा अबस्थामा हरेक ब्यक्तिले गर्ने माया प्रेम सम्बन्ध र बिछोडबाट पाउने अनुभव र सिकाई पनि अभ्यस्त व्यवहार नै हो ।

हाम्रो सम्बन्ध पनि अहिले त्यस्तै नै भएको छ । तिमीले दिएको अन्तिम निसानी एउटा घडी पनि सुरक्षित राख्न नसकेको मा तिमिलाई सरि भन्न चाहन्छु । त्यो तिम्रो आफ्नो आमाबाबुले दिएको खर्च बचाएर मलाई किनि दिएको घडी पहेँलो रंगको सुन्दर टल्कने खालको थियो । तिमी र म सधै भेट्ने चौतारीको वर पिपल मुनि गोधुली साझको बेला चराको चिरबिर आवाज सगै तिमिले मलाई सुस्तरी मेरो तर्फबाट हजुरलाई सानो उपहार भनेर दिएको त्यो बस्तु थियो घडी । तिमिलाई मैले उपहार स्वरुप मन्द मुस्कान बाहेक केही दिन सकिन घडी तिमिले मलाई दिएको त्यो चराहरु वर पिपल तिमी र म बाहेक अरु कसैलाई थाहा छोईन । तिमिले भनेको अझै याद छ “सधै मलाई भेट्न आउदा ढिलो गरेकोले अबदेखी भेट्न आउदा घडी हेरेर आउनु भनेर तपाईलाई घडि उपहार दिएको हो ।”

मेरो दुर्भाग्य भनौ कि लापरबाही तिमिले दिएको पहेँलो रङको घडि मेरो हातमा १ हप्ता भन्दा बढि बस्न नै सकेन । तिमीले त्यसपछी भेट्दा घडिको बारे सोध्दा मैले घरमा राखेको छु भनेर बहाना पारेर कुरा टारे, अहिले मैले झलझल्ती यो चाणक्य निति को अनुच्छेद सम्झिरहेको छु ।” साच्चै नै घडिले समय बताउँछ । राम्रो या खराब समय घडी र आफ्नो परिस्थितिले जनाउँछ । यसैगरी साथीभाई या कोहि आफन्तले तपाईको हातमा लगाइराखेको घडी एकछिन वा एकदुई दिन मागेमा दिने काम नगर्नुहोला । अर्को कुरा अरुको हातको घडी पनि तपाईले नबाध्नु होला । यस्तै उपहार या दानमा पनि घडी दिनु राम्रो होइन ।” साच्चै तिमिले पनि मलाई घडी उपहार नदिएको भए अहिले हामी सगै पनि हुन्थौ होला ।

मलाई लाग्छ त्यो घडिले तिम्रो मेरो बिछोडको मात्र समय बताएको रहेछ नभए किन हामि अलग हुनु पर्थ्यो त । हामी बिचको सम्बन्धमा फाटो ल्याउने काम त्यो घडोले न्सि गरेको हुनु पर्छ । अहिले पनि सम्झना आउँछ राती सुतेको बेलामा पनि सिरानी नजिक राख्ने त्यो पहेलो घडी कता गयो होला । अब सपनीमा तिम्लाई भेट्न आउदा त्यो घडि पनि बाधेर आउने छु तिमी पनि मुस्कुराउदै त्यही वर पिपल को फेदमा बस्नु पहिले हामी जुन चौतारीमा बस्ने गर्थौ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने