उपेक्षा,दुर्व्यवहार,विभेद र हिंसान्युनिकरण सम्वन्धि ४ दिने चित्रकला तथा भित्ते लेखन तालिम सम्पन्न

शंकर रिखाम मगर
उदयपुर

उपेक्षा, दुर्व्यवहार, विभेद र हिंसा विरुद्धको व्यवस्थापनका लागि किशोर किशोरिहरुको शसक्तिकरण भन्ने मुल नाराका साथ गरिएको ४ दिने चित्रकला तथा भित्ते लेखन तालिम सम्पन्न भएको छ ।

असार २४ गते सन्चालन गरिएको उक्त तलिम २७ गते समापन गरिएको थियो । उक्त तालिम जाल्पा एकीकृत विकास समाज उदयपुर र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोग रौतामाइ गाउँपालिकाको समन्वय र सामना रुपान्तरण किशोर किशोरी समूह रौतामाइ गाउँपालिका उदयपुरको आयोजना रहेको थियो ।

रौता समुदाय हित केन्द्र मुर्कुचीको सभा हलमा ४ दिन सम्म तालिम सन्चालन गरिएको थियो भने सनिबार र आइतवार समापनको दिन भित्ते लेखन अभ्यास नमुना मा .वि मुर्कुचीको घेराहरुमा लेखहरु लेख्न र चित्र वनाउन सिकाइएको थियो ।

समापन समारोहमा जाल्पा एकीकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथी नमुना मावी मुर्कुचिका प्राचार्य खड्गवहादुर थापा मगर रहनु भएको थियो ।

४ दिन मात्र होइन अझै थप तालिम गर्न पाए व्यावसायिक रुपमै पनि गर्न सकिने साथै सोच्नै नसकिने तथा केही ज्ञान नभएता पनि यो तालिमवाट आज धेरै खुसी र हर्ष भएको सहभागि स्वार्णिम राना मगरले वताइन ।

जाल्पा एकीकृत विकास समाज उदयपुरका कार्यक्रम संयोजक अजयकुमार साहले आजको यस सचेतनात्मक कार्यक्रमबाट किशोर किशोरीहरुमा भएको विकृती र विसङ्गतिलाई चिर्दै गर्दै सशक्त ढंगले आफ्नो गाउँ घर वरपर आफुले प्राप्त गरेको सिकाई र लिएको ज्ञानमुलक कार्यलाई अन्य साथि भाईहरुमा पनि उक्त तालिम समन्धी सचेतहुने कुरामा जोड दिनु भयो ।

त्यसैगरी प्राचार्य खड्गबहादुर थापा मगरले आफ्नो जिबिको पार्जनकोलागी पनि यो तालिम आवस्यकता छ र तालिममा जे सिक्यो त्यो घरमै बसेर पनि सिकाईको समिक्षा गर्नुपर्ने

त्यसैगरी प्राचार्य खड्गबहादुर थापा मगरले आफ्नो जिबिकोपार्जनकोलागी पनि यो तालिम आवस्यकता छ र तालिममा जे सिक्यो त्यो घरमै बसेर पनि सिकाईको समिक्षा गर्नुपर्ने पनि बिद्यार्थीहरुमा आग्रह गर्नु भयो ।

उट प्रशिक्षक मादब खतिवडाका अनुसार शिक्षा श्रम र जीवन सङ जोडिएको हुनु पर्छ । शसक्तीकरण कार्यक्रम पुन आवस्यक रहेको छ ।


जाल्पा एकीकृत बिकास समाज अध्यक्ष पुष्पराज पोखरेल ४ दिने जनचेतनामुलक कार्यक्रमबाट आउदो दिनहरुमा रौतामाइको कार्यक्षेत्र भित्र बाल दुर्व्यवहार सम्वन्धी भित्ते लेखन आजको तालिम प्राप्त किशोर किशोरिहरुलाइनै सहयोगको लागि चित्र तथा भित्ते लेखनमा प्रयोग गर्ने वताए । साथै तालिम प्राप्त भाई वहिनिहरुले व्यवसायिक रुपमा काम गर्न सकिने पनि वताउदै आगामी दिनहरुमा पनि यस्तो कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

उक्त तालिममा रौतामाइ गाउँपालिकाका १७ किशोर ९ किशोरी गरि जम्मा २६ जना किशोर किशोरिहरु सहभागी रहेकोथियो भने तालिममा सहभागिहरुलाइ प्रमणपत्र प्रदान गरिएकोथियो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने