एक दिवसीय राष्ट्रिय जनगणना सचेतना गोष्ठी सम्पन्न

शंकर रिखाम मगर
मुर्कुची, वैशाख ११

उदयपुरको रौतामाइ गाउँपालिका वडा नं.७ मा “मेरो गणना, मेरो सहभागिता“ भन्ने मुल नाराका साथ राष्ट्रिय जनगणना २०७८ को पालिका स्तरिय जनगणना सचेतना गोष्ठी सम्पन्न भएको छ ।


रौतामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा जनगणना समितिका संयोजक पर्शुराम दाहालको सभाध्यक्षता तथा रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यतामा जिल्ला जनगणना कार्यलय गाईघाट उदयपुरको समन्वय र सहयोग तथा स्थानिय जनगणना कार्यालय मुर्कुची, उदयपुरगढी गाउँपालिका र लिम्चुङवुङ गाउँपालिकाले रौतामाई गाउँपालिका वडा नं. ७ को सभाहलमा संचालन गरेको उक्त कार्यक्रममा तीन वटै गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको सहभागीता रहेको थियो ।


कार्यक्रममा जनगणना के हो र किन? के का लागि हो? जनगणना किन आवस्यक छ? जनगणना २०७८ को विशेषताको बारेमा प्रस्तुती गर्दै पहिलो जनगणना वि.सं.१९६८ सालमा १०९ वर्ष अगाडि प्रधानमन्त्री चन्द्रशमशेरको पालामा पहिलो जनगणना गरिएको र हाल सम्म ११ औं पटक जनगणना सम्पन्न भइसकेको छ भने २०७८ मा गरिने जनगणना १२ औ पटक हुने साथै जनगणनावाट नेपालमा कति घरधुरी कति महिला, पुरुष र बाहिर कति जनसंख्या रहेकोछ भन्ने जनगणनावाट तथ्यांकमा आउने जिल्ला जनगणना कार्यलय उदयपुरका अधिकारी शिवनारायण महतोले जानकारी गराउनु भयो ।

उक्त गोष्ठिमा सहि तथ्यांक संकलन गर्न सकिएमा जनजणनाको लक्ष्य र उद्देस्य पुरा हुने वताउदै गाउँ,गाउँमा योजनाको कामहरु गर्नलाई पनि सहज हुने भएकोले जनगणनामा पालिकावाट पुणर् रुपमा सहयोग गने रौतामाई गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत तथा जनगणना समितिका संयोजक पर्शुराम दाहालले बताउनु भयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने