अनौपचारिक शिक्षा प्रवर्द्धनमा सरोकारवालाहरुको जोड

उदयपुर। शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपाल जिल्ला समन्वय समिति, उदयपुरको आयोजना तथा सामुदायिक अध्ययन केन्द्र जिल्ला समन्वय समिति,उदयपुरको समन्वयमा अनौपचारिक शिक्षाको आवश्यक्ता र वर्तमान अवस्था विषयक सरोकारवालाहरु बिच एक दिवसीय बहस तथा छलफल कार्यक्रम बुधबार गाईघाटमा सम्पन्न भएको छ ।

एनसिइ,उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले सभापतित्व तथा रौतामाई गाउँपालिकाका रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काको प्रमुख आतिथ्यत्यमा संचालन भएको उक्त कार्यक्रमा संगम सामुदायिक पुस्तकालयका अध्यक्ष खड्का, एनसिइ,उदयपुर पदाधिकारीहरु,सादायिक अध्यायन केन्द्रका प्रतिनिधिहरु,प्रत्रकारहरु, प्रौढ़ शिक्षाका सहभागिहरु,किशोरकिशोरीहरु लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सामुदायिक अध्ययन केन्द्र जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेलले अनौपचारिक शिक्षाको आवश्यक्ता र वर्तमान अवस्था कार्यपत्र – २०७८ प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा शिक्षाको विकासक्रम, स्थानीय सामुदायिक सिकाई केन्द्रहरुको स्थापना र यसको आवस्यकता, नेपालको संविधान २०७२ ले शिक्षाको हक सम्वन्धी उल्लेख गरेको कुराहरु, अनौपचारिक,जिवनोपयोगी तथा प्रौढ शिक्षामा जिल्लाको समग्र अवस्था, सुधार गर्नु पर्ने क्षेत्रहरु, अनौपचारीक शिक्षा कार्यक्रम कार्यन्वयनमा कोरोनाले पारेको असरहरुको लगाएतका कुराहरु उल्लेख गरिएको थियो ।

कार्यक्रममा भनाई राख्दै ६७ वर्षिय सहभागि रेनुका कार्कीले समाजमा अनौपचारीक शिक्षा अत्यावस्यक रहेको जनाउनु भयो । उहाँले भन्नुभयो “अनौपचारिक (प्रौढ) शिक्षा लिएर आफुले गिताको पाठ पढ्न सक्ने भएको र आफ्नो समाजमा अझ पनि सामान्य लेखपढ पनि गर्न नसक्ने मानिसहरु रहेकोले आगामी दिनमा यसको निरन्तर संचालनको लागि पहल गर्नका लागि आग्रह गर्नुभयो ।”

रौतारानी सामुदायिक अध्यायन त्रियुगा नगरपालिका १५ का अध्यक्ष भक्त बहादुर मगरले आफ्नो समुदायमा रहेको अध्यायन केन्द्र बत्तिमुनीको अध्यारो रहो बताउनुभयो । अन्य वडा तथा पालिकामा केन्द्रलाई कर्मचारी तलव भत्ता तथा केन्द्र व्यवस्थापनका लागि वार्षिक २ लाख रुपौया प्रदान गर्ने भएता पनि आफुलाई २ वर्षको २ लाख ५० हजार मात्र दिई केन्द्रको बजेट कटौती गरि आन्याय गरेको जनाउनु भयो । रौतामाई गा.पा १ का केन्द्रका अध्यक्ष हेम खड्काले उदयपुर जिल्ला साक्षर जिल्ला व्यवहारिक रुपमा घोषण भएता पनि बास्तविक रुपमा गाउँघरमा अझै पनि निराक्षर व्यक्तिहरु रहेकोले अनौपचारि शिक्षा संचालन गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नभयो “अनौपचारिक शिक्षामा राज्यले लगानी गरेको भएता पनि खासै उपलव्धी मुलक काम नभएकोले स्थानीय सरकारले अनौपचारिक शिक्षा कार्यक्रम कार्यन्वयन निर्देशिको खाका निमाणर् गरि मार्गनिर्देशन गर्नु पर्ने बताउनु भयो ।”

कार्यक्रममा आफ्नो विचार राख्दै संगम सामुदायिक पुस्तकालयका अध्यक्ष भरत खड्काले स्कुल,कलेजले शिक्षाले जीवन उपयोगि शिक्षा नदिने र जीवन उपयोगि सिप र शिक्षाको लागि अनौपचारिक शिक्षाको आवस्यकता रहेको र अनौपचारिक शिक्षाको निरन्तरताको लागि सबैले आ -आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने भताउनु भयो । उहाँले आगामी स्थानीय निर्वाचनमा विभिन्न पार्टीको घोषण पत्रमा अनौपचारिक शिक्षाको सवाललाई समायोजन गर्नु पर्ने जनाउनु भयो । पुस्तकालय र सामुदायिक अध्यायन केन्द्रको स्थापना गरि समुदायका रहेका मानिसहरुलाई पढ्ने वातावरण निमाणर् गर्दा समाजमा हुने ५० प्रतिशत अपराधिक घटनाहरु रोकिने कुरा खड्काले उल्लेख गर्नु भयो ।

त्यसैगरि रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले कार्यपत्रले आगामी दिनमा अनौपचारिक शिक्षाको सवालमा सचेत हुदै जानु पर्ने कुरा उल्लेख गराउने महसुस गराएको र आफ्नो कार्यकालको अन्त्य तिर कार्यपत्र आएको र अलिअगाडी आएको भए बजेट विनियोजन गरि अनौपचारिक शिक्षाको क्षेत्रमा कार्यक्रम संचालन गर्ने थियौं उहाले भन्नु भयो । आफ्नोे समुदायमा ४ वटा सामुदायिक अध्यायन केन्द्रहरु संचालनमा आइरहेको केन्द्रको आफुले बेलाबेलामा अनुगमन गरि पृष्ठपोषण दिई रहेको खड्काले जनाउनु भयो ।

कार्यक्रममा आफ्नो मन्त्वय राख्दै एनसिई उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले संस्थाले लामो समय देखि शिक्षाको क्षेत्रमा कार्यक्रम संचालन गरि रहेको जनाउदै आगामी दिनमा जिल्लामा शिक्षाको क्षेत्रमा कार्य गर्दै आएका संस्था तथा शिक्षा अभियान्ताहरु संग समन्वय गरि कार्यक्रम संचालन गर्ने जनाकारी गराउनु भयो ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ (ज) ले स्थानीय तहमा अनौपचारिक शिक्षा, खुला तथा बैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइसम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मुल्याङ्कन र नियमन गर्ने काम कर्तब्य र अधिकारसहितको जिम्मेवारी रहेको छ । सोही आधारमा स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्र अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम सञ्चालनका लागि लक्षित सिकारुको पहिचान, कार्यक्रमको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मुल्याङ्कन गर्नुपर्ने जिम्मेबारी रहेको छ ।

अनौपचारिक शिक्षालाई अति विपन्न, सुविधा विहीन बालबालिका तथा विद्यालयहरुमा नियमित गर्न नसक्नेहरुका लागि भएको हुनाले यो क्षेत्रमा अध्ययन गर्ने शिक्षार्थीहरुको सहज पहुँच बिस्तार गर्न अनौपचारिक क्षेत्रमा भौतिक पूर्वधारका साथै आधुनिक शैक्षिक सामग्री, पाठ्यपुस्तकहरु निःशुल्क उपलब्ध गराउन स्थानीय सरकारले ध्यान दिनु पर्ने देखिन्छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने