लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले एमाले पार्टीले स्थानिय विकासको नाममा भ्रमको खेती गरेको बताएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १० मा बुधबार भएको चुनावी सभालाई संबोधन गर्दै उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार डा. नारायण खड्का र प्रदेश सभा १ –ख) का उम्मेदवार हिमाल कार्कीले एमाले पार्टीले चुनावी अभियानमा विभिन्न स्थानमा पुगेर आफुहरुको पहलमा भएका विकासका कामहरु माथि भ्रम छर्ने काम गरेको बताउनु भएको छ ।
परराष्ट्रमन्त्री समेत रहनु भएका डा. नारायण खड्काले आफु शहरी विकास मन्त्री हुदाँ जनता आवास कार्यक्रम मार्फत धेरै दलित समुदायलाई जनता आवास कार्यक्रम मार्फत घर निर्माण गरेको काम एमालेले आफुहरुले गरेको भन्दै भ्रम छर्न थालेको बताउनु भयो । उहाँले आफुले अघिल्लो निर्वाचनमा प्रतिबद्धता गरेको धेरै स्थानमा विकास कामहरु अघि सरेको बताउदै आफुले प्रतिबद्धता गरेका बाचाहरु पुरा गर्ने बताउनु भयो । डा. खड्काले उदयपुरको दुःखको रुपमा रहेको त्रियुगा नदिमा बाध बाध्ने कामको सुरुवात, सगरमाथा विमानस्थल निर्माण कार्य हाल भैरहेको बताउनु भयो ।
उहाँले त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से स्थित बालमन्दिर माविमा भारतीय दुवासको सहयोगमा करोडौको भवन स्थानियहरुको मागको आधारमा आफुले पहल गरेर निर्माण गरिरहेको बताउनु भयो । प्रदेश सभा १ का उम्मेदवार तथा सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले त्रियुगा नगरपालिका क्षेत्रको विकासको लागि आफ्नो पहलमा कामहरु भैरहेको बताउनु भयो ।
उहाँले प्रदेश सभाको ५ बर्षे कार्यकालमा दुई बर्ष कोरोनाका कारण विकासका कामहरु प्रभावित भएको बताउनु भयो । नेपाली कांग्रेसले पछिल्लो एक बर्ष मात्रै सरकारमा सहभागी हुने अबसर पाएकाले अघिल्लो पटकको निर्वाचनमा आफुलाई आममतदाताले जुन विश्वासले विजयी गराउनु भएको आफ्नो क्षेत्रको नागरिकको शिर झुक्न नदिने गरी आफुले काम गरेको बताउनु भयो ।
उहाँले त्रियुगा नगरपालिका वडा नम्बर १० मा मुख्य मन्त्री ग्रामिण सडक अन्तर्गत करमगाछि बाबरी बेलदोभान सडक स्तरउन्नती र करमगाछि नयाँबस्ती घलेटोल हुदै गाईघाट बजार जोड्ने सडक कालोपत्रे निर्माणको लागि ठेक्का आव्हान गरेर काम अघि बढेको बताउनु भयो ।
उहाँले एमाले नेताहरुले आफ्नो पहलमा भएका कामहरुलाई जनता माझ भ्रम फैलाउने काम गरेको बताउदै आफ्नो पहलमा भएको काममा त्यसरी भ्रमको खेती नगर्नका लागि चुनौती समेत दिनु भयो । कार्कीले एमाले राजाबादी शक्तिहरु संग मिलेर अपवित्र गठबन्धनको साथ अघि बढेको औल्याउनु भयो । उहाँले एमालले आफ्नो चुनाव चिन्ह प्रतिगामीहरुलाई विक्रि गरेको बताउनु भयो ।
कार्यक्रममा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार एकिकृत समाजवादीका दुर्गा परियार, प्रदेश सभाका समानुपाति नेपाली कांग्रेस उम्मेदवार लिला राई, माओवादी केन्द्रका प्रदेश सभा समानुपातिक उम्मेदवार सम्झना तामाङ समेतको उपस्तिथी रहेको थियो । कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा पूर्व प्रतिनिधि सभा सदस्य सुरेस राई, एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य तथा प्रदेश १ अध्यक्ष बलदेव चौधरीले एमाले आज नक्कली कम्युनिष्टको रुपमा अघि बढेको बताउनु भयो । एमाले नेतृत्व देशमा अस्थिरता निमत्याउने काममा लागेकाले सम्पूर्ण नागरिकहरुलाई बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आव्हान गर्नु भयो ।