एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

Accident

झापाको बिर्तामोडबाट ताप्लेजुङ आउँदै गरेको प्रदेश नम्बर १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स मेची राजमार्गमा दुर्घटनाग्रस्त हुँदा एक महिलाको मृत्यु भएको छ । एम्बुुलेन्समा सवार दुई जना घाइते भएका छन् । 

दुर्घटनामा परी पाँचथर याङवरक गाउँपालिका–२ की ५० वर्षीया ममता राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनी झापामा उपचार गरेर फर्कंदै थिइन् ।

घाइते भएका याङवरककै हेमन सुब्बा र ताप्लेजुङ सिदिङवाका डोडकुमार राईको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार एम्बुलेन्स सोमबार बिहान २ बजे सडकबाट खसेको थियो । उक्त एम्बुलेन्स पाथीभरा सेवा समाजद्वारा सञ्चालित थियो । दुर्घटनामा चालक वीरेन्द्र धिताल सामान्य घाइते रहेको र उनलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने