रुपान्तरण
भन्दै छ बिकृती कस्ले रुपान्तरण गर्न सक्लार म शेरलाई ढलाई,
जुट्दै छु म बिकृती को ध्वस्तमा कोर्दै छु सलाई ।
कति हुन्छ बाल बिवाह ,हिंसा ,दुर्व्यवहार , हत्या र बलात्कार ,
एकछिन सोच्छु आत्तिन्छु अनि झस्किन्छु देख्दा यो देश मलाई ।
शिक्षा र चेतना को प्रचार प्रसार त भएकै हो ,
र पनि उठ्न सकेनन् कोहि पितृसत्तात्मक सोच जलाई।
मग्नमस्त रहन खोज्छन यहाँ आफ्नै स्वार्थमा,
कोहि भेट्दिन म परिवर्तनको काम गर्ने बुद्दि र बिवेक चलाई।
पुजीवादी धनाद्यलाई कसैको मतलब छैन,
कार्यको दौरानमा भेटिन मैले चाहना गर्ने यो देशको भलाई ।
केही छन यस्ता मानव भनाउदा दानबहरु,
गर्छन सोझा निमुखाको दिनरातै दलाई ।
बर्षामा खोला उर्लिए झै चुनौती सङ्ग अब,
शाहसी नमुना पालुवा मौलाउने छ पलाई ।
अबस्य एक दिन बन्ने र बनाइने छ समुन्नत र उत्कृष्ट ,
ती काँडा दुष्ट जनहरुको आखा छलाई ।
साझा समुन्नत एक डिक्का भै गन्तव्य मा जानुछ,
उदाउनु छ सकारात्मकको बाटो नकारात्मक दृष्टि नलाई ।
सदा सर्वदा निभ्न लागेको बत्ती होइन अब ,
उज्यालो छर्नुछ चम्किलो रुपान्तरण को बत्ती बलाई ।
उदाउँदै तिमी !!!
पानी खान टाँगिन्छ नि नाला
तिम्रो छैन अरे डिम्पलवाला गाला
कति इमान्दार असल अनि राम्री छौ रे,
तिमिलाई देख्नेहरुको छातिमा भासिन्छ रे भाला
अन्याय विरुद्ध आवाज बुलन्द गर्ने,
तिमी पिडित को लागि बन्छौ रे माला
जमना खराब छ कस्को के भर,
यति समझदार भन्छ्न रे गाउले तिमिलाई कस्ले लैजाला
भन्छ्न कोहि बिग्रँदो समाजको लागी,
तिमि बन्दै छौ रे नैतिकता र सभ्यता को बाहिरी छाला
उराठलाग्दो समाज सुक्दै गरेको बिरुवा सरह छ,
तर तिमि बन्छौ अरे बचाउने हरियो डाला
हुने बिरुवाको चिल्लो पात भन्छ्न अरे,
देख्ने सुन्ने भन्छ्न तिम्रो भाग्यले कस्तो सपथ खाला ।
✍️…. एल. बि. खाती
रौतामाई – २ ,उदयपुर