कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नलिएरै यो पटक पनि आन्तरिक मूल्यांकनबाटै नतिजा प्रकाशित गर्न प्रस्ताव गरिएको छ ।
सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरिएको छ ।
यस वर्ष पनि गत वर्षकै विधिअनुरुप गराउने प्रस्ताव मन्त्रिपरिषदलाई पठाइएको छ । गत वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी परीक्षाको नतिजा सार्वजनिक गर्न तीन सदस्यीय मूल्यांकन समिति गठन गरिएको थियो ।