ओखरलाई अङ्ग्रेजीमा Walnut भनिन्छ । यसको वानस्पतिक नाम Juglans rejia हो । यो Juglandaceae परिवारमा पर्छ । ओखर बिरुवाहरुको कलमी कसरी र कहिले गर्ने भन्ने विषयमा धेरै कृषकहरुलाई जानकारी नभएकाले यहाँ केही प्राविधिक जानकारी गराउने प्रयास गरिएको छु । ओखर बिरुवा कलमी गर्न पहिले नेपाली हाडेओखरको बीउ संकलन गर्नु अति जरुरी छ । नेपाली ओखर संकलन भैसकेपछो बिचार पुर्याउनु पर्ने कुराहरु यश प्रकार छन् । नेपाली हाडेओखर राम्रो र पोटिलो भएको हुनुपर्छ, जसबाट राम्रो उम्रिने होस् पछी त्यो बियाँ छान्ने समय धेरै नलागोस भन्नकोलागी एउटा टिन वा बल्टिनमा पानी नभरिने गरि हाल्ने र त्यसपछि ओखरको बिउ सबै टिनमा हाल्नु पर्दछ । वजन तथा उम्रने शक्ति बढी भएका सबै बिउहरु तल जान्छन भने वजन कम भएका सबै माथि पानीमा उत्रिन्छ त्यसपछि तल जम्मा भएका बिउहरु 1.5-2.0 महिनासम्म एक पत्र बीउ र एक पत्र बालुवा राखेर स्ट्राटिफाइ गरिसकेपछि माघको दोस्रो जग्गा तयार गरि रोपिन्छ । यदि स्ट्राटिफाई गर्न समय नभएमा उक्त बिउलाई 72 घन्टा सम्म पानीमा राखी त्यस पछि रोपेमा राम्रोसँग उम्रिन्छ । एक बिउबाट अर्को बीउ 4 इन्च र एक लाइनबाट अर्को लाइनको दुरि 1.5 फुट राखी रोप्नुपर्दछ । यसले गर्दा पनि कलमी गर्न सजिलो होस् भन्नकोलागी बिचार पुर्याएर रोप्नु जरुरी देखिन्छ । ओखर बिरुवालाई समुद्र सतह देखि 1500-2800 मिटर भएको क्षेत्र अति उपयुक्त देखिन्छ ।
ओखरका फाइदाहरु
-क्यान्सर रोगसङ्ग लड्ने क्षमताको बिकास हुन्छ ।
-मुटु स्वास्थ राख्दछ ।
-शरीर मजबुत बनाउन मद्दत पुर्याउदछ ।
-तौल घटाउन मद्दत गर्दछ ।
-मस्तिष्कलाई तेजिलो बनाउन सहयोग पुर्याउदछ ।
हावापानी
यसको खेतीकोलागी 75 Cm पानी परेको स्थानमा उपयुक्त हुन्छ भने 29-32०C तापक्रम भएको समयमा फल टिप्न उपयुक्त हुन्छ ।
माटो
ओखरकोलागी दोमट माटो उपयुक्त हुन्छ । यस्तो माटामा बिरुवाको जरा भित्री सतह सम्म जान सक्ने हुन्छ । ओखरकोलागी माटोको पि।एच। छ।ड(ट।ड सम्म भएको हुनुपर्छ ।
पानीको)निकास
बिरुवा रोप्ने कृषकले बिरुवा रोप्नु आगावै चारै तर्फ कुलो बनाएर पानी जाने निकास बनाउनु आवश्यक छ । अन्यथा पानीको निकास नभइ बिरुवामा पानी जमे जरा कुहिएर बोट पहेँलो हुन्छ । त्यसकारण पानीको निकास बनाउन जरुरी छ ।
जातहरु
हुन त ओखर धेरै किसिमको भए त पनि प्राचीनता ओखर केही मात्रै छन् । असली( Ashley)
प्याने(Payne)
च्यानडलर(Chandler)
फ्रायन्कुते(Franquette) आदि ।
बिरुवा लगाउने दुरी
ओखरको बिरुवा बिजु छ भने 10M×10M को दुरीमा तथा layering(गूठी) / grafting गरिएको बिरुवा छ भने 7M×7M को दुरीमा लगाउदा उपयुक्त हुन्छ ।
जमिनको तयारी
ओखर रोप्नु भन्दा पहिले खाडल तयार गर्नुपर्छ ।खाडल 3 फुट गहिराइ 3 फुट गोलाकार गरी खन्नुपर्दछ । यसरी तयार गरेको खाडलमा 30-40 कि.ग्रा. पाकेको गोबर मल राखी, माटो र मल मिलाइराखनु पर्दछ ।
मल खाद
साधारणतया: नेपालमा ओखर खेती गर्दा कम्पोस्ट मल दिने गरेको छैन तर रासायनिक मल (NPK) दिएमा उत्पादन धेरै नै बढी लिन सकिन्छ ।
नफल्ने बिरुवाहरुकोलागी 25-50Kg FYM प्रति बोट तथा फल्ने बिरुवाहरुकोलागी 50-100Kg FYM प्रति बोट प्रत्येक वर्ष राख्ने साथै 250gm N
60gm P
250gm K
अन्तर्बाली ब्यबस्थापन
ओखरको बोट ठुलो नभएसम्म करिब द्ध(छ वर्ष सम्म छोटो समयमा उत्पादन दिनसक्ने जस्तैस्काउली,बन्दा,ब्रोकाउली,गोल्भिडा,प्याज र अन्य ताजा तरकारीमा भटमास,मुला,सल्गम,चम्सुर,रायो लगाई दोहोरो बाली लिन सकिन्छ ।
बिरुवामा काटछाट
बिरुवा रोपेको अर्को वर्ष देखि काटछाट गर्न अति नै राम्रो हो । यो काम पुसदेखी माघसम्म गरिसक्नुपर्दछ । बिरुवा सारेको अर्को वर्षमा उक्त बिरुवाको मुख्य हाङा जमिनबाट द्ध फुट आग्लो भएपछि माथीको टुप्पो काटिदिनाले अर्को मुना आउँछ । त्यसमा पनि आफुलाई आवश्यकता अनुसार हाङगा राख्न सकिन्छ ।
उत्पादन
ओखरको उत्पादन पुर्ण बिकसित माउ बोटले छण्(ज्ञण्ण् प्न प्रति बोट उत्पादन दिन सकिन्छ ।
बजार
विश्व बजारमा ओखरको माग अत्याधिक रहेको भन्ने हामीलाई नि थाहै छ । नेपाली बजारमा ओखर प्रति केजी टण्ण्(ठण्ण् सम्म बिक्री हुन्छ । ओखर चाडै नबिग्रिने हुँदा यसलाई लामो समय सम्म भणडारण गरेर राख्न सकिन्छ । यो बिरुवा धेरै वर्ष सम्म बाचिरहने हुँदा पुस्ता सम्मकोलागी पनि आम्दानीको श्रोत बन्न सक्छ ।