कक्षा ११ र १२ का विद्यार्थीलाई पाठ्यपुस्तक निःशुल्क

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्र्थीले छवटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने जानकारी दिनुभयो । कक्षा ११ र १२ मा विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छवटा विषय अध्ययन गर्छन् ।
केन्द्रका निर्देशक अर्यालले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहमा बजेट पठाइसकिएको जानकारी दिनुभयो । अब स्थानीय तहले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरेपछि विद्यालयले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउनेछन् । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको थियो ।

सरकारी पाठ्यपुस्तक प्रकाशन गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले अङ्ग्रेजी, नेपाली, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा/गणित गरी तीनवटा अनिवार्य विषयको पाठ्यपुस्तक प्रकाशन गर्ने गरेको छ । ऐच्छिक विषयको पाठ्यपुस्तक भने पाठ्यक्रम विकास केन्द्रको अनुमति लिएर निजी प्रकाशनहरूले निकाल्ने गरेका छन् । याे खबर आजको गोरखापत्र दैनिकमा छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने