कटारी नगरपालिकाको कृषि यान्त्रिकरण कार्यक्रम अन्तर्गत ४२ थान मिनिट्रेलर वितरण

निश्छल कार्की
कटारी,उदयपुर

उदयपुर कटारी नगरपालिकाले नगरका कृषक समूहहरु,कृषि सहकारी तथा कृषिहरु फर्मलाई मिनीट्रेलर वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले मिनीट्रेलर वितरण गर्नुभयो ।

नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को कृषि यान्त्रिकीकरण कार्यक्रम अन्र्तगत ७५ प्रतिशत अनुदानमा नगरपालिकाले कृषकहरुलाई मिनीट्रेलर वितरण गरेको हो । मिनीट्रेलर वितरण गर्दै मेयर श्रेष्ठले कृषकहरुलाई आत्मनिर्भर बनाउँदै अघि बढ्ने बताउनुभयो । विकासका कामसँगै कृषीलाई पहिलो प्राथमिकतामा राखेर नगर अघि बढेको छ । श्रेष्ठले भन्नुभयो -“निकट भविष्यमै नगरको पहिचानका लागि कृषकहरुलाई कृषक परिचय पत्र वितरण गर्ने तयारी गरिरहेका छौं ।”

नगरपालिकाका कृषि विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष रामबहादुर पोखरेलले आगामी दिनमा पनि कृषिलाई आधुनिकीकरण गर्ने काममा नगरपालिका लागिपर्ने बताउनुभयो । नगरपालिकाका कृषी शाखा प्रमुख सोनु मिश्रका अनुसार मिनीट्रेलरमा नगरपालिकाले ७५ प्रतिशत अनुदान व्यहोर्दा कृषकले २५ प्रतिशत लगानीमा मिनीट्रेलर पाएका हुन् ।

मिनीट्रेलर पाएपछी कृषकहरुले कृषि कार्यलाई थप सहज रुपमा अघि बढाउन सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरे । नगरपालिकाले ९ एच पीको २७ थान र ७ एच पीको १५ गरि जम्मा ४२ थान मिनीट्रेलर वितरण गरेको नगरको कृषि प्रमुख सोनु मिश्रले बताउनु भयो

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने