‘कबड्डी ४’ मा अनलक्की नायिका मिरुना

नायिका मिरुना मगरको सुन्दरता र उनको अभिनयको प्रशंसा खुबै हुन्छ । तर, मिरुनाले हिट चलचित्र दिन नसक्दा उनलाई समस्या परिरहेको छ । उनले अभिनय गरेका कुनै पनि चलचित्र बक्स अफिसमा चलेका छैनन् ।अभिनय र सुन्दरताको प्रशंसा हुने अभिनेत्रीमा पर्छिन्, मिरुना मगर । फिल्म ‘लालपूर्जा’ बाट अभिनय करिअर सुरु गरेकी उनलाई पहिलो गाँसमै ढुंगा लागेको थियो । सौगात मल्ल, विपिन कार्की जस्ता कलाकारको अभिनय हुँदा पनि फिल्मले हलमा सिन्को भाँचेन । फिल्म नचल्दा मिरुना पनि ओझेलमा परिन् । यसपछि उनले फिल्म ‘रोज’ मा प्रदीप खड्कासँग काम गरेकी थिइन् ।

तर, यो फिल्मबाट पनि उनले सफलताको सुख प्राप्त गर्न सकिनन् । यद्यपि, फिल्ममा समावेश ‘फूल हैन’ बोलको गीतले उनलाई दर्शकको ठूलो वर्गमा चिनायो । उनी आफैंले पनि यो फिल्मलाई आफ्नो करिअरको टर्निङ पोइन्टको रुपमा लिने गरेकी छन् । तेस्रो फिल्म ‘साइनो’ बाट फ्लपमा ह्याट्रिक गरेकी उनले २०७६ मा प्रदर्शित चौथो फिल्म ‘चच हुईं’ बाट पनि निराशा भोग्नुपर्यो ।

लगातार चारवटा फिल्म फ्लप भएपछि उनलाई मिडियाले ‘अनलक्की नायिका’ भन्न थालेको छ । तर, फिल्मको असफलताले उनको करिअरमा भने खासै ठूलो असर परेको देखिन्न । उनी कामविहीन भएर बस्नु परेको छैन । लकडाउनभन्दा अगाडि अभिनेता दयाहाङ राईसँग फिल्म ‘जारी’ मा काम गरेकी उनी दोस्रो पटक पनि दयाहाङसँग फिल्म ‘कबड्डी ४’ मा जोडी बाँधिदैछ ।

यो फिल्म उनका लागि विशेष मानिएको छ । चार फिल्मको असफलताले डगमगाएको करिअरलाई ‘कबड्डी ४’ ले उकास्नेमा उनी ढुक्क छिन् । किनकि, ‘कबड्डी’ का कुनै सिरिजले बक्सअफिसमा असफलता भोगेको रेकर्ड छैन । यसकारण पनि ‘कबड्डी ४’ लाई निर्माण अगावै ‘स्योर सट हिट’ मानिएको छ । तर, यो फिल्मको सफलताको जस पो मिरुनाले पाउने हुन् कि होइनन् कुन्नी .

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने