✍️एल बि खाती बिस्वकर्मा
रौतामाई, उदयपुर
जान्नु पर्छ बुज्नु पर्छ के हो महिला अधिकार
सबै उठौ जुटौ अब गरौ हिंसाको प्रतिकार ।
अधिकार खोज्नलाई जाऔ वडा र पालिका
ज्यान फ्याल्न सजिलो छैन युवती होस या बालिका। ।
अधिकार भन्ने कुरा पाइन्न है मागेर
जुट्नु पर्छ लड्नु पर्छ सबै शिक्षित भै जागेर ।
महिला अधिकार छ भनेर कानुन मा लेखिएपनी
जताततै प्रचारप्रसार महिलाअधिकारको बारेमा देखिएपनी।।
खै त महिलाले अधिकार पाएको सुनिस्चितता
अब एसरी हुन्न जुटौ आजै देखि गरौ प्रतिबद्धता ।
कागजी लेखाईले मात्र हैन ब्यवहारमा लागू हुनुपर्छ
अधिकार भन्ने कुराले सबैको मन छुनुपर्छ ।।
काखा र पाखा हैन समान रुपले चल्नु पर्छ
हिंसा,अपशब्द ,दुर्व्यवाहार खरानी भै जल्नु पर्छ ।
अधिकार पाउनलाई उठनै पर्छ जुट्नै पर्छ
अन्धबिस्वास र कुरिती समाजबाट हट्नै पर्छ ।।
छोराछोरी बराबरी जानौ बुजौ है सबैले
आशन र शासनमा महिलालाई तानौ है सबैले ।
कुटपिट र नचाहिने आरोप लगाउन पाइन्न
यसो गरेको थाहा भएमा अपराधी होइन भन्न पाइन्न ।।
राज्यको एक महत्वपूर्ण अंग भनी महिलालाई साच्नलाई
आजै अहिले देखि नै लागि परौ हटाउन महिलाअधिकार हनन गरि बाच्नेलाई ।न्याय पाउन सरकारको ढकढक्याऔ दुर्व्यवहार
नारी रक्षा जब हुन्छ फेर्छ देशले मुहार नारी रक्षा जब हुन्छ फेर्छ देश ले मुहार ।।