निर्मला पुरी ( साहित्य प्रेमी )
उदयपुर
उकाली लाग्दै थिए खुट्टा समात्याे उसैले
एक्लिए दुनिया बाट भन्दै साहाराकाे भिख माग्याे उसैले ।
जब सफलताको लागि पाइला सँगसँगै चाल्ने निर्णय गरे मैले
प्राण प्यारी भन्दै मुटुमा छुरा हान्याे उसैले ।।
तिम्रो पाउमा काडाँ बिज्न दिन्न भन्दै थियो
थुनिएछु माया जालमा कारागारकाे कैदि झै ।
उडुसले झै रगत चुस्न अब थाल्याे उसैले
मन्दिर जाउ भन्दै आर्यघाट चुन्याे उसैले ।।
मुटु फरक भए नि धड्कन एउटै हाे भन्दै थियाे
मेराे पिडामा मादल बजाएर आज नाच्याे उसैले ।
तिमी बिना एकपल नि हजार जुनि लाग्छ भन्ने ले नै
मेराे नजर बाट जीवनभर गुप्तबास बस्याे उसैले ।।
साेजाेपन र इमानदारीता देखाउदै थियाे
नजिकिए पछि स्वार्थकाे खाेल भेट्टाए आफैले ।
रङ्गमञ्चकाे कलाकार रहेछ भावना सँग खेल्ने
नाटकारकाे उपाधि आज जित्यो उसैले
प्राण प्यारी भन्दै मुटुमा छुरा हान्याे उसैले ।।