कांग्रेस संसदीय दलको बैठक सुरु

प्रमुख सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरमा सुरु भएको छ। केही बेरअघि नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दलको बैठक सुरु भएको हो। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको छ। त्यसैगरी अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदमा टेबुल गर्नेबारे पनि यो बैठकमा कुरा हुनेछ। 

सत्तारुढ गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव पेश गरेका थिए।

त्यसैगरी सोमबार सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि नेताहरु एमसीसी अघि बढाउने दिशामा सहमति नजिक पुगेका थिए। प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ।

संसदमा पेश भएको प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल एमालेले पनि सोमबार संसदीय दल बैठक गरेको थियो। 

एमालेले महाभियोगको प्रतिवाद गर्ने बताए पनि ठोस निर्णय भने गरेको छैन। एमालेले त्यसको निर्णय गर्ने जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको छ। 

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने