काठमाडौंले चुम्यो नेपाल सुपर लिग च्याम्पियनको उपाधी

गत वैशाख ११ गतेदेखि भएको प्रतियोगितामा काठमाडौं र धनगढीसहित एफसी चितवन, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भएको थियो।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना भएको प्रतियोगितामा सात वटा फ्रेन्चाइज टिमले भाग लिएका थिए।
कोभिड १९ का कारण सरकारले लागू गरेका अधिकांस आचार संहित पालन गरिएको थियो। यस्तै प्रतियोगिता दर्शकविहीन आयोजना भयो।
काठमाडौं रेजर्स एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन बनेको छ।

शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा धनगढी एफसीलाई १–० गोलले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो।
काठमाडौंको जितमा मेसौके ओलुमोउ नायक साविक भए। उनले खेलको २१ औं मिनेटमा उत्कृष्ट फिनिसिङ गरेका थिए।
धनगढीका विशाल राईबाट काठमाडौंका विश्वास श्रेष्ठले बल खोस्दै सटिक पास उपलब्ध गराएका थिए। जुन पासमा मेसौकेले चुकेनन् ।


प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका उनले आठ गोल गरे।
पहिलो गोल गरेपछि काठमाडौं आक्रमक बनेको थियो। तर फिनिसिङमा सफल भएन । सुदील राईले खाली पोस्टमा गोल गर्न चुक्दा स्टेफिन बिनोङको फिकिङ बाहिरियो।
उपाधि जितेसँगै काठमाडौंले लिग चरण र प्लेअफमा धनगढीसँग भोगेको पराजयको बदला समेत लिन सफल भएको छ।
जितसँगै काठमाडौंले ३५ लाख रुपैयाँ हात पारेको छ। धनगढीले १५ लाखमै चित्त बुझाउन बाध्य भयो।

जितपछि काठमाडौंका कप्तान विकेश कुथुले पहिलो गोल गरेपछि रक्षापंक्तिमा बढी ध्यान दिएको प्रतिक्रिया दिए। उनले पहिलो संस्करणको उपाधि आफ्नो कप्तानीमा जित्न पाउँदा खुसीको सीमा नभएको बताए। उनले टिमको एकताले उपाधि उचाल्न सफल भएको बताए।

विधागत रुपमा उत्कृष्ट घोषितको सूची
सर्वोत्कृष्ट फरवार्ड – अन्जन विष्ट (ललितपुर सिटी एफसी ( १ लाख रुपैयाँ)
सर्वोत्कृष्ट मिडफिल्डर – मेसौके ओलुमोउ (काठमाडौं रेजर्स ( १ लाख रुपैयाँ)
सर्वोत्कृष्ट डिफेन्डर – दिनेश राजवंशी (धनगढी एफसी( १ लाख रुपैयाँ)
सर्वोत्कृष्ट गोलकिपर – किरण कुमार लिम्बु (धनगढी एफसी( १ लाख रुपैयाँ)
सर्वोत्कृष्ट प्रशिक्षक – बालगोपाल महर्जन (काठमाडौं रेजर्स ( १ लाख रुपैयाँ)
इमर्जिङ खेलाडी – विश्वास श्रेष्ठ (काठमाडौं रेजर्स(५० हजार रुपैयाँ)
फेयर प्ले ( बुटवल लुम्बिनी एएफसी)

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने