किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन

किशोरकिशोरीलाइ सुरक्षा र आत्मरक्षा सीप विकासका लागि उदयपुर जिल्लाको रौतामाई गाउँपालिका वडा नं. ६ चिसापानीमा वडा कार्यलयको आयोजनामा वडा भित्रका ३८ जना किशोर किशोरीहरुलाई आत्मरक्षा तालिम संचालन भएको छ ।


रौतामाई गाउँपालिका वडा नंं. ६ का बालबालिका र किशोर किशोरीहरुको लागि बिनियोजित बजेटबाट वडा कार्यलयको आयोजनामा जाल्पा एकिकृत बिकास समाज उदयपुरसंगको सहकार्य र सहजीकरणमा वडा भरीको टोल, बस्ती समेटेर ३ दिबसीय आत्मरक्षा तालिम संचालन संगै बाल बिबाह न्युनिकरणकालागि २ दिने अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरिएको वडा अध्यक्ष पृथ्बी कुमार राईले जानकारी गराउनुभयो । साथै आगामी बर्षमा समेत बालबालिकाको माग र कार्य योजनाको आधारमा बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

उपेक्षा , दुर्व्यवहार, हिंसा विरुद्ध किशोरकिशोरीको सशक्तीकरणका लागि संचालित आत्मरक्षा तालिमले किशोरी हिंसा कम गर्ने, शारीरिक , मानसिक , सामाजिक , लैङ्गिक दुर्व्यवहार विरुद्ध आवाज उठाउन सक्ने हुनु, आफ्नो सीपमा आत्मनिर्भर बनाउने ,किशोरकिशोरीको आत्म विश्वास र सक्षमताको विकास गर्न र आफ्नो सुरक्षा आफै गर्न सक्ने बनाउनु यस तालीमको उदेश्य रहेको यस कार्यक्रमका प्रशिक्षक बृहस्पती राईले जानकारी गराउनुभयो।
किशोरकिशोरीलाई शारीरिक रुपमा दुर्व्यवहार भएमा भौतिक रुपमा प्रतिकार गर्नका लागि अबस्था अनुसार विभिन्न विधिहरु प्रयोग गरि प्रतिकार गर्न सक्नेछन् ।

मुख्यत यस तालीममा भौतिक रुपमा प्रतिकार गर्ने बिधिहरु सिकाइन्छ । यी विधि हरु सहज रुपमा सिक्न सिकाउनका लागि पहिला शरीर तन्काउने र तताउने साथै आशनमा बस्न सिकाइन्छ ।

विधि हरु
१. हातले प्रहार गर्ने विधि
क. सिधा हत्केलाले अनुहारमा प्रहार गर्ने,
ख. चोरी औंलाले हिंसकको रुद्र घन्टिमा प्रहार गर्ने,
ग. २ वटा औंलाले आंखामा प्रहार गर्ने ,
घ. मुठ्ठीले नाकमा प्रहार गर्ने ।
२. सवारी साधनमा हिड्दा हिंसा भएमा प्रतिकार गर्ने विधि
३. हिंस्रकले कपाल समाउदा छुट्ने तथा प्रतिकार गर्ने विधि
४. खुट्टाले प्रहार गर्ने विधि
५. घुडाले प्रहार गर्ने विधि
६. बलात्कारको अबस्थामा कसरी बँच्ने र प्रतिकार गर्ने विधि यिनै विधिहरु किशोरकिशोरीहरुलाइ सहज हुने तरिकाले सिकाइने कुरा प्रशिक्षक नमिना कुमारी राईले जानकारी गराईन् ।


बालबालिका र किशोर किशोरीहरुको लागि बिनियोजित बजेटबाट ३ दिबसीय आत्मरक्षा तालिम, बाल बिबाह न्युनिकरणकालागि २ दिने अभिमुखिकरण कार्यक्रम साथै बाल क्लब स्तरिय बक्तृत्वकला, चित्रकला संचालन गरिएको वडा सचिब मेख बहादुर लायो मगरले जानकारी गराएका छन् ।
कार्यक्रमको सहजीकरण बृहस्पति राई, नमिना कुमारी राई र जाल्पा एकिकृत बिकास समाज उदयपुरका केशब राना मगर, भरत बोहोरा, बिरेन्द्र खड्काले गरेका छन् ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने