किशोरकिशोरीहरुको समग्र विकासका लागी ‘रुपान्तरण’ १० दिवसिय प्रशिक्षक प्रशिक्षण तालिम सुरु

उदयपुर, २७ मंसिर । किशोरकिशोरीहरुको समग्र बिकासका लागी १० दिवसीय रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम ४६ जना स्थानिय किशोर किशोरीहरुको सहभागितामा सोमबार बाट गाईघाटमा सुरु भएको छ ।

जाल्पा एकिकृत बिकास समाज (जिड्स) उदयपुरको आयोजना, वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको सहयोग र साझेदारी एवं रौतामाई गाउँपालिकाको समन्वयमा सामाना परियोजना अन्तर्गत १० दिवसीय तालिमको आयोजना गरिएको हो ।

तालिममा रौतामाई गाउँपालिकाका आठै वटा वडाका १६ देखि २० बर्ष उमेरका ४६ जना किशोरकिशोरीहरुको सक्रिय सहभागीता रहेकोछ । कार्यक्रमको उद्घाटन सत्रलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले किशोर उमेर भनेको काँचो माटो जस्तै हो, परिवार र समाजले जस्तो शिक्षा दिन्छ भविष्यमा त्यस्तै जनशक्ति निर्माण हुने कुरा बताउनुभयो । “समुदाय स्तरमा देखिएको बाल विवाह, हिंसा, विभेद, दुव्र्यवहार जस्ता कुरितीहरुलाई न्युनिकर०ा गर्न स्थानिय किशोर किशोरीहरु संग शिप भए उनिहरुलेनै न्युनिकरण गर्न सक्नेछन” उहाँले भन्नुभयो ।

प्रमुख अतिथि सहायक प्रजिअ पोखरेलले स्थानिय तहले यस सम्बन्धमा प्रभावकारी कार्यक्रमहरु लागू गर्नुपर्ने बताउनुभयो । संस्थाहरुले थालेको यो अभियान उदाहरणिय रहेको समेत उहाँले बताउनुभयो । उहाँले समाजमा बालविवाहमा समेत कमी आउन नसकेको प्रति दुःख प्रकट गर्दै उमेर नपुगी विवाह गर्दा आईपर्ने समस्याहरुको बारेमा किशोरकिशोरी तथा अभिभावक संग खुलेर छलफफल गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) सुवास चन्द्र बोहोराले १२ बर्ष देखि २० बर्ष उमेर समुह भनेको बढो सम्वेदनशिल उमेर भएकोले आफनो जीवनलाई कता तिर डोर्‍याउने भन्ने विषयमाथी १० दिनको यो प्रशिक्षणले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

एसपी बोहराले बढ्दो प्रविधिको विकास, सूचनामा पहुँच अभिबृद्धि सँगै चुनौतीहरु पनि थपिएको बताउँदै ईन्टरनेट अपराध, कुलत, बढ्दो बाल विवाह युवाहरु अहिलेको अवस्थामा कुलतमा लागिरहेको, लागू औषध प्रयोग गर्ने, बालविवाह गर्नुका साथै विभिन्न अपराधिक गतिविधिहरुमा उनिहरुको सहभागितामा बृद्धि हुँदै गईरहेको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा अभिभावकहरु सचेत हुनुका साथै सरोकारवाला पक्षहरु पनि उत्तिक्कै जिम्मेवार भएर युवाहरुको भविष्य निर्माणका लागि बाटो देखाउनुपर्ने बताउनुभयो । उहाँले जाल्पा संस्थाले थालेको उक्त अभियानमा साथ र सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गर्नुभयो ।

नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खडकाले अबको युग हाक्ने अभिभारा युवाहरुको काँधमा आएकोले हरेक क्षेत्रबाट युवाहरुलाई सक्षम बनाउन किशोर अवस्था देखिनै जीवन उपयोगी शिपहरु प्रदान गरि उनिहरुको संरक्षण र प्रबद्र्धनमा राज्यले ध्यान दिनुपर्ने कुरा बताउनुभयो । अध्यक्ष खड्काले नेपाल पत्रकार महासंघले विशेष गरेर ग्रामिण भेगको किशोर किशोरीहरु बढि जोखिममा रहेकोले उनिहरुको संरक्षणका लागि महासंघले खेल्नुपर्ने भुमिका प्रति प्रतिबद्ध रहेको र सधै साथ सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

रौतामाई गाउँपालिकाको समन्वय समेत रहेको सो कार्यक्रममा पालिकाको सदस्य तमिन्द्र राईले पालिकामा किशोर किशोरीहरुको संरक्षणको मुद्दालाई संम्बोधन गर्न निति नियम समेत तयार रहेको र आगामी दिनमा अझ बढि क्रियाशिल भएर कार्यक्रमहरु प्रभावकारी ढंगले अगाढी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समुदायमा हुने हिंसा, विभेद, बाल विवाह लगायतका घट्नाहरुको व्यवस्थापनमा सरोकारवालाहरुको साथ र सहयोगमा व्यवस्थापनका कार्यहरु अगाडी बढाउन पालिका टिम प्रतिबद्ध रहेको बताउनुभयो ।

७३ औं अन्त्तराष्ट्यि मानवअधिकार दिवस १० डिसेम्बरको अवसरमा संचालन भईरहेको साताव्यापी कार्यक्रम प्रति एक्यवद्धता जनाउँदै किशोरकिशोरीहरुले सो अभियानलाई समुदाय स्तरमा समेत लैजाने प्रतिबद्धता यो अवसरमा गरेकाछन् । मानवअधिकारको प्रबद्र्धमा क्रियाशिल संस्था फ्रिडम फर अल (फान) प्रदेश नम्बर एकको समन्वय, जाल्पा एकिकृत विकास समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्यमा सो अभियान समेत अगाडी बढाईएको आयोजकले जनाएकोछ ।

कार्यक्रममा सामना परियोजनाको मुख्य उद्देश्य र लक्ष्यको बारेमा र किशोर किशोरीहरुको रुपान्तरण सम्बन्धी अभियान संचालन बारे जाल्पा एकिकृत विकास समाज उदयपुरका कार्यक्रम प्रमुख अजयकुमार साहले सहभागीहरुलाई जानकारी गराउनुभयो । साथै उहाँले सवै सरोकारवालाहरुको साथ, सहयोग र समन्वयका लागि अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अन्तर्गत रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेलका प्रमुख उमा गुरुङ, ओरेक नेपालका जिल्ला प्रतिनिधि प्रभा पौडेल, रौतामाई गाउँपालिका स्तरीय बाल अधिकार समितिका सदस्य डिकबहादुर मगर, पत्रकार यमन दनुवार, बुद्धिकुमार राई, राकेश नेपाली लगायतले परियोजनाको लक्ष्य प्राप्तीका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता सँगै सहभागीहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।

जीड्स संस्थाका सचिव केशव रायमाझीको अध्यक्षतामा सम्पन्न भएको उद्घघाटन सत्र कार्यक्रममा नागरिकसमाजका अगुवा, शिक्षाप्रेमी, मानवअधिकारकर्मी, जनप्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

१० दिवसीय सो तालिम जाल्पा एकिकृत बिकास समाज उदयपुरको आयोजनामा, वल्र्ड भिजन ईन्टरनेश्नल नेपालको सहयोग तथा रौतामाई गाउँपालिकाको समन्वय रहेकोछ । पुष ७ गते सम्म संचालन हुने तालिममा मुख्य प्रशिक्षकको रुपमा रेखा त्रिखत्री र सहप्रशिक्षकको रुपमा महिम अर्यालले प्रशिक्षण दिईरहनुभएको छ । स्थानिय सरोकारवालाहरुको समन्वयमा छनौट गरिएका अगुवा किशोर किशोरीहरुले तालिम पश्चात स्थानिय स्तरमा अन्य किशोर ६ सय भन्दा बढी किशोरीहरुलाई प्रशिक्षण दिनेछन् ।

प्रशिक्षण कार्यक्रममा आत्मजागरण, अधिकार र कर्तव्य, लैंगिक र सामाजिक समावेशीकरण, किशोरावस्था, राम्रो बानी, पोषण, प्राथमिक उपचार, नागरिक सहभागिता, प्राकृतिक श्रोत, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, खर्च र बचत, जिविकोपार्जनका विकल्प, यौन तथा प्रजनन स्वास्थ्य, लैंगिकतामा आधारित हिंसा, लघु उद्यम बिकास लगायतका बिषयमा प्रशक्षिण गराईने जाल्पा एकिकृत बिकास समाजका परियोजना प्रमुख अजय कुमार साहले जानकारी दिनुभयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने