उदयपुर,२५ पौष। उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा हुन लागेको बाल बिवाह किशोरी समुहरुको पहलमा बाल हेल्पलाईन र जिल्ला प्रहरी कार्यालय,उदयपुरको सहयोगमा रोकिएको छ ।
रौतामाई गाउँपालिका वडा नं. ७ स्थित १७ बर्षिय किशोरीको सोही पालिका स्थित वडा नं. ८ का २३ बर्षिय पुरुष बिच बाल बिवाह हुन लागेको खबर थाहा पाए पछि सोही ठाउँका किशोरी समुहका किशोरकिशोरीहरुले जिल्ला स्थीत बाल हेल्प लाईन १०९८ मा खबर गरि बाल बिवाह रोक्न पहल गरेका थिए ।
उक्त किशोरी समुहको सुचना पश्चात बाल हेल्पलाईन उदयपुरले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,बालबालिका तथा जेष्ठ नागरिक सेल संग समन्वय गरि केटा पक्ष र केटी पक्षलाई जिल्ला प्रहरी कार्यलय,उदयपुरमा झिकाई छलफल गरि बाल बिवाह नगर्न सहमति गराउन सफल भएको बाल हेल्पलाई उदयपुरको प्रमुख अर्जुन पोखरेलले जानकारी गराउनुभयो ।
उहाँका अनुुसार किशोरी कक्षा ११ मा अध्यायन गर्दै गरेको,बुवाआमा नभएका कारण दाजु भाउजु संग बस्दै आएको बतानुभयो । २० बर्ष नपुगि बिवाह गर्न हुदैन भन्ने बिषयमा केटा र केटी दुबैलाई जानकारी नभएकाले बाल बिवाह गर्न लागेको उनिहरुले बताएको उहाँले जानकारी गराउनुभयो ।
राज्यको कानुनलाई मान्नै पर्छ भन्ने उनिहरुलाई लाग्यो र किशोरीको बिवाह गर्ने उमेर पुगेपछि यदि किशोरीले चाहेको खण्डमा सोहि केटा संग बिवाह गर्ने मन नमिलेको खण्डमा अरु संग पनि बिवाह गर्न पाउने सहमति भएको पोखरेलले जनाउनुभयो ।