सुस्मा कुमारी सार्की
मुर्कुची,भदौ १३
किशोर किशोरी माथि हुने सम्भावित हिंसा तथा दुव्र्यवहार सामना गर्ने उद्देश्यले रौतामाई गाउँपालिकाका किशोर किशोरीहरुलाई आत्मरक्षा तालिम संचालन गरिएको छ ।
उदयपुर जिल्लाको रौतामाई ७ पुवारे मा जाल्पा एकीकृत विकास समाज उदयपुर र वल्ड भिजन ईन्टरनेसनल नेपाल को साझेदारीमा संचालित सामना (उपेक्षा दुव्र्यवहार विभेद र हिंसा विरुद्ध किशोर किशोरी को सशक्तिकरण) परियोजना अन्तर्गत सञ्चालित रुपान्तरण कक्षा चल्ने बिहानी किशोरी समूह र सहमती किशोरी समूहको सहकार्यमा उदयपुरको समुदाय स्तरमामा नै पहिलो पटक आत्मरक्षा सम्वन्धी तालिम सञ्चालन हो । तालिममा ३५ जना रुपान्तरण कक्षाका सहभागिहरू साथै समुदायका अन्य ईच्छुक किशोरकिशोरीहरु उपस्थिति रहेको छ।
“जिल्लामा हामी केही साथीहरूले आत्मरक्षा तालिम लिएका थियौं,अहिले हामीले गाउँमै साथीहरूलाई तालिममा सिकेको सीप तालिम मार्फत दिइरहेका छौं “रौतामाई‐७ पुवारेका सहजकर्ता टेकेन्द्र कटुवाल, बताउँछन् । आत्मरक्षा तालिमलाई जीवन उपयोगी सीपको रुपमा लिन सकिन्छ ,जसले गर्दा हरेक मानिसको दैनिक जीवनमा आईपर्ने क्रियाकलापहरुलाई जस्तै सहि ढंगले निणर्य लिन,नेतृत्व लिन ,आवाज उठाउन ,हिंसा ,दुव्र्यवहार र बलात्कारबाट सुरक्षित रहन महत्त्वपूणर् भुमिका खेल्छ । साथै छोरीहरूको सशक्तीकरणमा आत्मवल आत्मरक्षा क्षमताको वृद्धि गरि हरेक छोरी घर परिवार समाजलाई शैक्षिक आर्थिक मानसिक सामाजिक र सास्कृतिक रुपान्तरणका निमित्त किशोरकिशोरी तथा युवाहरूलाई आफ्नो समुदायमा परिचालन गर्न अवसर र आवश्यकता रहेको कुरा कटुवाल बताउछन।
उक्त तालिम हप्तामा तीन पटक १ घन्टा ३० मिनेट र शारीरिक अभ्यास र १ घन्टा ३० मिनेट सामुहिक छलफल तथा सैद्धान्तिक ज्ञान प्रदान गरि तालिम सञ्चालन गरिरहेको कुरा तालिमको सहजकर्ता मोहन केप्छाकीले बताउनु भयो ।
हप्ताको तीन बार सञ्चालन हुने तालिम प्रत्येक दिन गाउँ नजिकै रहेको श्री जनता साना किसान आधारभूत विद्यालय(१-८)पुवारे स्कुल को प्राङ्गणमा सञ्चालन भईरहेको र सो तालिममा सामुहिक छलफल ,समूह कार्य ,लघु प्रवचन, मस्तिष्क मन्थन,प्रश्नोत्तर,चित्र छलफल , भूमिका प्रदर्शन ,खेल ,शारीरिक अभ्यास ,आत्मरक्षा सीप, लैङ्गकि असमानता,किशोरीको समस्या,परिवार सँगको छलफल लगायतका शेसनहरु सञ्चालन आफूहरुले गरिरहेको किशोरकिशोरी सहजकर्ता माया केप्छाकीले बताउनुभयो ।