रौतामाई गाउपालिकाको ८ वटै वडाका किशोर किशोरीसमुहको आयोजनामा बिद्यालय वरपर एबं पहिरोको जोखिम स्थानहरुमा रोकथाम गर्ने उदेश्यले बृक्षारोपन कार्यक्रम संचालन भएको छ ।
भौगोलिक दृष्टिकोणले बिकट रहेको रौतामाई गाउपालिकाको प्राय जसो बिद्यालयहरु भिरालो, डाँडा, अप्ठ्यारो, पहिरो जान सक्ने स्थानमा बनेको छ, कतिपय बिद्यालयको भबनहरु पहिरोले लगेको र कतिपय पहिरो जान सक्ने जोखिममा रहेको छ । जसलाइ रोकथाम गर्न समयमै सम्बन्धित पक्षले ध्यान पु¥याउन आबश्यक छ, यी सबै कुरालाई मध्यनजर गर्दै केहि हद सम्म रोकथाम गर्न र भबिष्यमा हराभरा र जोखिम मुक्त बनाउने उदेश्यले रौतामाई गाउपालिकाको किशोर किशोरीहरु मिलेर बिद्यालय वरपर र सार्बजनिक स्थलहरुमा बृक्षारोपन कार्यक्रम गर्दै आइरहेका छन् । जुन अभियान वल्र्ड भिजन इन्टरनेशनल नेपाल र जाल्पा एकिकृत बिकास समाज उदयपुरको साझेदारिमा रौतामाई गाउँपालिकाको समन्वयमा ८ वटै वडाहरुमा संचालन भइरहेको छ ।
सन् २०२१ देखि वल्र्ड भिजन इन्टरनेशनल नेपाल र जाल्पा एकिकृत बिकास समाज उदयपुरको साझेदारिमा रौतामाई गाउँपालिकाको ८ वटै वडामा ”उपेक्षा,दुब्र्यवहार र हिंसा विरुद्धको ब्यवस्थापनका लागि किशोर किशोरीहरुको शसक्तिकरण” सामना परियोजना सञ्चालन भएको छ । उक्त परियोजनाले रौतामाई गाउँपालिकाका किशोर किशोरीहरुलाई उपेक्षा, दुब्र्यवहार र हिंसा बारे जानकारी गराउने र उनीहरुको ब्यबहारमा परिवर्तन गर्ने लक्ष्य राखेको छ ।
अघिल्लो बर्ष ४० जना साथि सहजकर्ताहरुलाई १० दिनको रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम , ४ दिनको आत्मरक्षा प्रशिक्षक प्रशिक्षण, ५ दिनको सूचनाको हक र पत्रकारिता सम्बन्धि तालिम, ३ दिनको चित्रकला सम्बन्धि तालिम जाल्पा एकिकृत बिकास समाज उदयपुरको आयोजनामा सम्पन्न गरिएको थियो । यस बर्ष पनि २३ वटा किशोर किशोरी समुहको ४६ जना किशोर किशोरी ( साथि सहजकर्ता ) हरुलाई १० दिनको रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरी रौतामाई गाउपालिकाको ८ वटै वडाका ६९० जना किशोेर किशोरीहरुलाई रुपान्तरण कक्षामा सहभागि गराई जीबन उपयोगी सीप बारे कक्षा संचालन भइरहेको छ । तालिम पश्चात किशोर किशोरीहरु हरेक कुरामा अग्रसर हुन खोज्ने , भागलिन खोज्न, बिभिन्न तालिमहरुमा र नियमित कक्षा संचालनले बोल्ने सीपको बृद्धि संगसंगै आत्मबल बढेको , गाउमा भएको हरेक क्रियाकलापमा अगाडी सर्ने सधै बालबालिकाको हक हितको लागि अगाडी बढ्ने प्रेरणा रुपान्तरण तालिम पश्चात मिलेको र त्यसलाई ब्यबहारमा निरन्तर लागु गर्दै जाने बताउछन् साथी सहजकर्ताहरु ।
किशोर किशोरी समुहको आयोजना, जाल्पा एकिकृत बिकास समाज र वल्ड भिजनको सहयोग तथा बिद्यालय वडा कार्यलयको सहकार्यमा बाल बिबाह, लागुपदार्थ दुब्र्यसनी बालश्रम र जातिय बिभेद बिरुद्ध बृहत ¥याली सहित सडक नाटक , बक्तृत्वकला प्रतियोगिता, चित्रकला, हाजिरीजबाफ, लोकदोहोरी प्रतियोगिता, सरसफाई तथा अन्य जनचेतानामुलक कार्यहरु गर्दै आएको रौतामाई ४ की साथी सहजकर्ता बृहस्पति राइले जानकारी गराउइन् । अभियानकै क्रममा कोभिड १९ को संक्रमणको समयमा घरबाट बाहिर निस्कन नमिल्ने समयमा, बाढि पहिरो गएको बेलामा साथै श्राबणको महिनामा बिशेष गरी मेहेन्दि लगाउने सिजनमा सामाजिक संजाल मार्फत बिभिन्न सुचना तथा जानकारी गराउन साथै जनचेतना जगाउन पोष्टर क्याम्पियन, मेहेन्दि क्याम्पियन जस्ता जनचेतनामुलक अभियानहरु संचालन गर्दै आएका छन् ।
रुपान्तरण समुहको आयोजनामा किशोर किशोरीहरुको सक्रिय सहभागितामा बिद्यालय वरपर एबं पहिरोको जोखिम स्थानहरुमा बृक्षारोपन साथै फलफूल रोप्ने जस्ले गर्दा बिद्यालयलाई राम्रो पनि देखिने र पहिरो पनि रोकथाम गर्ने उदेश्यले रौतामाइ गाउपालिकाको सबै वडाका किशोर किशोरीहरुले बृक्षारोपण कार्यक्रम गरिरहेका छन् । आगामी दिनहरुमा पनि यसरी नै जनचेतनामुलक अभियानहरु संचालनलाइ निरन्तरता दिने कुरा साथी सहजकर्ताहरुले जानकारी गराए ।