किशोर किशोरीहरुलाई सुचनाको हक सम्वन्धि ५ दिने तालिम शुरु

जाल्पा एकिकृत बिकास समाज उदयपुर र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित सामना परियोजनाको आयोजनामा जाल्पाको सचिब सुमन परियारको अध्यक्षता साथै अर्मुत एफ.एम. प्रालिका अध्यक्ष नबिन राईको आतिथ्यतामा “रौतामाई गाउँपालिकाका किशोर किशोरीहरुलाई सुचनाको हक सम्वन्धि ५ दिने तालिम” कोहबर होटल एण्ड रिसोर्ट गाईघाटमा शुरु भएको छ ।

रौतामाई गाउँपालिकाका किशोर किशोरीहरुलाई सुचनाको हक सम्वन्धि आधारभुत ज्ञान प्रदान गर्ने र उनिहरुलाई सूचनाको पहुँचमा पुग्न सहयोग गर्ने ,सूचनाको हकको माध्यमबाट स्थानीय स्तरमा सुशासन कायम गर्न उत्तरदायी बन्न सिकाउने विकास निर्माणमा भ्रष्टचार न्यूनिकरण र मानव अधिकारको प्रत्याभूत गर्न सकिने विषयमा छलफल गर्ने, नेपालको संविधान २०७२ कोे धारा २७ मा मौलिक हकको रुममा रहेको सुचनाको हक सम्वन्धि जानकारी गराउने सूचनाको हक सम्बन्धी ऐन २०६४ र सूचना हक सम्बन्धी सूचनाको व्यवहारिक प्रयोग गर्ने सक्ने बनाउने, सहभागीहरुलाई विभिन्न सामाजिक मुद्दाहरुको पहिचान गर्ने क्षमताको विकास गरी सूचनाको हक प्रयोगको विधिको बारेमा थाहा दिने र अरुलाई पनि सिकाउन सक्ने बनाउने,सूचनाको हकको प्रयोगबाट सर्वजनिक र व्यक्तिगत उपलब्धीहरुकोे अनुभवको बारेमा जानकारी गराउदै स्थानीय स्तरमा यो हकको प्रयोग गर्न सक्ने बनाइने जाल्पा एकिकृत बिकास समाज उदयपुरका सचिब सुमन परियारले बताउनु भयो ।

तालिममा सिकेको कुराहरुलाई ब्यबहारिक जीवनमा पनि लागु गर्ने र हरेक मानिस सूचनाको कारण नै शक्तिसाली हुने भएकाले सूचनाको हक बारे सबै सचेत हुनु पर्ने अतिथि नबिन राईले बताउनु भयो ।

आज बाट शुरु भएको उक्त तालिम साउन १९ गते ५ दिन सम्म सुचनाको हकका लागि राष्ट्र्र्रिय संञ्जाल प्रदेश संयोजक राजु श्रेष्ठ र प्रदेश सदस्य एवं जिल्ला सह-संयोजक विवेक आले मगरले सहजिकरण गर्नु हुनेछ । उक्त तालिममा ४० जना सहभागि कार्यक्षेत्र वाट सोहि समुदायमा कार्यरत किशोर किशोरीहरुको क्षमता विकास र समुदायमा सुशासन कायम गर्न दिगो विकासमा यसको महत्वपूर्ण भुमिका रहेको प्रशिक्षक राजु श्रेष्ठले वताउनु भयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने