कीराबाट हाम्रो बाली कसरी जोगाउने

बिरेन्द्र खड्का

बालीमा लाग्ने कीरा नियन्त्रण गर्ने घरेलु उपाय ।

१. सिस्नोः

सिस्नोको प्रयोगबाट अन्नबाली, दालबाली र तरकारीबालीहरुमा लाग्ने झुसुल्ले कीरा र लाही कीरालाई राम्रोस‘ग नियन्त्रण गर्न सकिन्छ । यसको साथसाथै घरभित्रका उडुस, उपिया‘ र साङ्लाहरुको पनि नियन्त्रण गर्न सक्छ । सिस्नोको झोल बनाउँदा, सिस्नोलाई स–साना टुक्रा बनाउने, उक्त टुक्रालाई ८÷९ लिटर पानीमा १०÷१५ घण्टासम्म भिजाउने, त्यसपछि त्यो पानीलाई बोटबिरुवामा छर्ने गरे झुसुल्लले, लाही किरा सजिलै नियन्त्रण गर्न सकिन्छ ।

२. चिउरीको खली ः चिउरीको खली पिना लाई खेत, बारीमा छरी जोती दिने गरेमा माटोमुनि बसेर बालीहरुलाई नोक्सान पुर्याउने रातो कमिला, धमिरा र खुम्रे किराहरुलाई नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग गर्दा एक कट्ठा जमिनमा आठ केजी चिउरीको खली (धुलो बनाएको) चारैतर्फ जमिनमा पर्ने गरी छर्ने र जोति दिने गर्नुपर्दछ ।

३. खुर्सानीको धुलोः

खुर्सानीलाई मसिनो गरी पिसेर धुलो बनाउने, उक्त धुलोलाई का‘क्रा, फर्र्सी, लौका आदिका बोटबिरुवामा छर्ने गरेमा पातखाने किरा र लाही कीराहरुको नियन्त्रण गर्न सकिन्छ ।

४. तिते पाती

तिते पातीको पात टिपेर राम्रोस‘ग सुकाउने सुकिसकेपछि मसिनो गरी पिसेर धुलो बनाउने उक्त धुलोलाई भण्डारण गर्दा प्रयोग गर्ने गरेमा घुन, पुतला र चिल्सा आदिको रोकथाम गर्न सकिन्छ यस्तै किसिमका अन्य धेरै घरेलु तरीका र बस्तुहरु छन् जस्तै टिमुर, बोझो र सूर्ती साबुनको झोल आदि, यिनी सबैलाई मात्रा मिलाई विषादीको सट्टा प्रयोग गर्ने
५. असुरोः

गाउँघरमा पाइने असुरोको पात र डा‘ठलाई खेत, बारीमा छापोको रुपमा माटोमा प्रशस्त राख्ने गरे फेंद काट्ने र माटोमुनि लुकीबस्ने खुम्रे कीराहरुलाई नियन्त्रण गर्न सकिन्छ ।
६. खरानी र कृषि चुनः

खरानी र कृषि चुनलाई एकै ठाउँमा मिसाई खेत बारीमा प्रयोग गर्ने गरेमा उफ्रिने कीराहरु जस्तै बिरुवाहरुको पात खाई छियाछिया बनाउने ‘खपटे किरा’ नियन्त्रण गर्न सकिन्छ । यसलाई प्रयोग गर्दा एक भाग काठको (दाउराको मात्र) खरानी एक भाग कृषि चून दुबैलाई मिसाई छर्ने गर्नुपर्दछ ।

७. गाईको गोबरः

गाईको गोबरबाट धानमा देखापर्ने डढुवा रोग नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग गर्दा २० ग्राम गाईको गोबरमा एक लिटर पानीका दरले आफूलाई आवश्यक पर्ने मात्राको बनाई रोग लागेको खेतमा राम्रोस‘ग बोट भिज्ने गरी छर्ने गरेमा डढुवा रोग नियन्त्रण गर्न सकिन्छ ।

८. चुनाः

चुनाको प्रयोगबाट मकैको भण्डारणमा लाग्ने कीराहरु नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग गर्दा २ सय २५ ग्राम चुनालाई १०० वटा मकैको घोगाका दरले आफ्नो आवश्यकताअनुसार मात्रा मिलाई पूरै घोगाहरुमा पर्ने गरी छरि भण्डारण गर्ने गरेमा मकैमा लाग्ने घुन, पुतलाबाट बचाउन सकिन्छ ।

९. रातो माटो ः

फलफूलहरुको बोटलाई धमिरा कीराहरुबाट बचाउन रातो माटो प्रयोग गर्न सकिन्छ । यसको लागि एक केजी रातोमाटोमा १२ देखि १५ लिटर पानीको घोल बनाई फलफूलका बोट र हा‘गाहरुमा पोतिदिने गरेमा धमिरा कीराबाट बोटलाई बचाउन सकिन्छ । यो काम वर्षा अघि एक पटक र हिउ‘दमा एक पटक गर्नुपर्ने हुन्छ ।
गरे विषादीबाट हुने असरहरुबाट बच्न सकिन्छ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने