कृष्णा फाउन्डेसनको पत्रकार सम्मेलन सम्पन्न ।

१५ चैत्र २०७८
 गाईघाट,उदयपुर जिल्लाको होटल आर एन गाईघाटमा कृष्णा फाउन्डेसनले उदयपुरको स्थानीय पत्रकारहरुको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।

पत्रकार सम्मेलनमा फाउन्डेसनको तर्फबाट अध्यक्ष न सन्तोष कुमार चौधरीले फाउन्डेसनको परिचय साथै नेपाली विद्यार्थीहरुलाई भारतको राम्रा बिश्वबिधालयमा छात्रवृत्तिमा पढ्न जानको लागि सहजीकरण गर्ने, उच्च शिक्षामा विद्यार्थीहरुलाई कुन बिषय रोज्ने भन्ने परामर्श प्रदान गर्ने गरेको बताउनु भयो ।


कृष्णा फाउन्डेसनले भारतको ५ बिश्वबिधालयहरु VIT University, SRM University , Jain University  , SYMBIOSIS International  University र  VIGNANS University  मा नेपाली बिद्यार्थीहरुलाई छात्रवृत्तिमा पढ्को लागि जान सहजीकरण गर्ने गरेको र यी विश्व बिधालय बिश्वभरीकै विधार्थीहरु अध्ययन गर्न आउने फाउन्डेसनका कार्यकारी निर्देशक सुजित कुमार कर्णले बताउनु भयो ।
उक्त छात्रवृत्ति मार्फत बिद्यार्थी पढ्नकोलागि कृष्णा फाउन्डेसनमा आबेदन दिनु पर्ने र उक्त आबेदन दिने हरुको प्रबिणता तहको प्रप्ताङ्कको आधारमा छनौट गरिनेछ ।


नेपाली बिद्यार्थीको लागि भारतिय राजदुतावास मार्फत यो छात्रवृत्ति उपलब्ध गराईन्छ ।
उक्त फाउन्डेसन नेपालमा सन २०१३ मा स्थापना भएको र केन्द्रिय कार्यलय काठमाडौको नया बानेश्वरमा रहेको छ । अन्य नेपालको मुख्य शहर जनकपुर, बिराटनगर , बिरगन्ज र बुटवलमा शाखा कार्यलय रहेको छ । गाईघाटको बिधुतमार्गमा २०७९ को बैशाख देखि शाखा कार्यलय स्थापना गरिने चौधरीले बताए । फाउन्डेसन मार्फत हरेक बर्ष २००–३०० जना भारत पढ्न जाने गरेको र हालसम्म ५००० जना जति अध्ययन गरेर फर्की सकेका छन । अध्ययन गरिसके पछि भारत मै काम गर्ने वातावरण पनि रहेको छ ।
उक्त फाउन्डेसनमा उदयपुरको ४ युवाहरू अध्ययन गरि सकेको र उदयपुरको गाईघाट मै कार्यलय स्थापना भएपछि स्थानिय बिद्यार्थीहरुलाई राम्रो अबसर प्राप्त हुने भएको छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने