क्रिस्टियानो रोनाल्डो र युवा स्टार केलियन एमबाप्पे बीच प्रतिस्पर्धा

समूह ‘एफ’ मा बुधबार राति हुने खेल क्रिस्टियानो रोनाल्डोविरूद्ध केलियन एमबाप्पेबीचको प्रतिस्पर्धा पनि हो ।
फ्रान्स बुधबार बल प्रहार नगरेर नै अर्को चरण पुगिसकेको छ । पोर्चुगल पराजित रहेर पनि अर्को चरण पुग्न सक्नेछ । विश्वकप विजेताविरुद्ध युरोपेली विजेताबीचको ‘महाभिडन्त’ ले यस्तो रूप लेओस् भनेर कमैले चाहेका थिए ।

फ्रान्सका युवा स्टार केलियन एमबाप्पे र पोर्चुगलका भेट्रान सुपर स्टार क्रिस्टियानो रोनाल्डो
तस्बिर


आखिरमा यो क्रिस्टियानो रोनाल्डोविरुद्ध केलियन एमबाप्पेबीचको खेल पनि हो । समूह ‘एफ’ को यो खेलमा जित निकाल्न सके फ्रान्स समूह विजेता बन्नेछ । एक गोलको हारले पोर्चुगललाई खासै फरक पार्ने छैन । तर यसका लागि समूहकै अर्को खेलमा हंगेरीले जर्मनीलाई पराजित नगरोस् ।

फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्प फरक मान्छन् र भन्छन्, यो खेल खासमा समूह जित्नका लागि हो । उनले भने, ‘हामी नै बलियो स्थितिमा छौं, किनभने जितले हामी समूह विजेता बन्ने छौं ।’ यो समूह जित्नुको फाइदा के भने यो टिमले अन्तिम १६ मा कुनै एक समूहको तेस्रो स्थानमा रहने टिमविरुद्ध खेल्न पाउनेछ । फ्रान्सलाई हराएर समूह जित्ने अवसर त पोर्चुगलसँग पनि छ ।
यसका लागि जर्मनी र हंगेरीबीच म्युनिकमा हुने खेलको नतिजा कुर्नुपर्ने हुन्छ । जर्मनी र पोर्चुगल दुवैको ३ अंक छ अनि समान गोल अन्तर । हंगेरी भने १ अंकसहित अन्तिम स्थानमा छ । हंगेरीलाई अर्को चरण पुग्न जर्मनीलाई हराउनु नै पर्छ । पोर्चुगलका लागि गोलको समस्या रहेको छैन । अहिलेसम्म दुई खेलमा ५ गोल गरिसकेको छ । यसमा रोनाल्डोले तीन गोल गरिसकेका छन् । पोर्चुगलका लागि समस्या हो धेरै गोल खानु पनि ।
यहाँनिर फ्रान्स भने केही ढुक्क हुनसक्ने स्थितिमा छ । फ्रान्सले जर्मनीलाई १–० ले हराएको थियो भने हंगेरीसँग १–१ को बराबरी खेलेको थियो । फ्रान्ससँग आक्रमणका लागि यति धेरै अस्त्र रहेको छ कि उसले अहिलेसम्म बुनेको आक्रमणमा गुनासो भने गर्न सक्छ । एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि यस सिजन ४२ गोल गरे । करिम बेन्जेमाले पनि रियल म्याड्रिडका लागि ३० गोल गरे । उनी ७१ गोलसँगै युरोपेली च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी सूचीको चौथो स्थानमा छन् ।

यी दुवै खेलाडीले अहिलेसम्म युरो २०२० मा कुनै गोल गर्न सकेका छैनन् । अझ एमबाप्पेको तुलनामा बेन्जेमाको आलोचना बढी भइरहेको छ । एन्टोइन ग्रिजमन मात्र होइनन्, लुकास डिग्ने पनि बेन्जेमाको समर्थनमा ओर्लिसकेका छन् । बेन्जेमालाई लिएर डिग्नेले भनेका छन्, ‘टिममा कसैलाई पनि बेन्जेमाको उपयोगितालाई लिएर शंका छ । हामी सबैलाई थाहा छ, उनी कति राम्रा खेलाडी हुन् भनेर । त्यसैले त उनले रियलका लागि कति धेरै गोल गरेका छन् ।’
फ्रान्सका लागि चोटका कारण विंगर ओसमन डेम्बेलेलाई गुमाउनु भने घाटाको विषय हुनसक्छ । पोर्चुगलको आक्रमण भने ठीक ठाउँमा छ । रोनाल्डोले ५ संस्करण खेलेर कीर्तिमानी १२ गोल गरिसकेका छन् । यो फ्रान्सकै महान् मिचेल प्लाटिनीभन्दा तीन बढी छ । फ्रान्सविरुद्ध उनले ह्याट्रिक गर्न सक्छन् भने अन्तर्राष्ट्रिय गोलमा कीर्तिमानी इरानी स्ट्राइकर अलि देइलाई उछिन्ने छन् । देइले देशका लागि १ सय ९ गोल गरेका छन् ।


जर्मनीविरुद्ध हंगेरी
म्युनिक– जर्मनी र हंगेरी दुवै एक आपसमा सामना गर्दा एउटै लक्ष्य हुनेछ, प्रतियोगिताबाट बाहिरिने सम्भावना टार्ने । यसका लागि हंगेरीलाई जित नै आवश्यक छ भने जर्मनीलाई जित नचाहिन सक्छ । सन् १९५४ को विश्वकपपछि जर्मनी र हंगेरी पहिलोपल्ट कुनै ठूलो प्रतियोगितामा खेलिरहेका छन् । त्यस ऐतिहासिक खेललाई अहिलेसम्म पनि ‘बर्नको चमत्कार’ का रूपमा सम्झिने गरिन्छ । तत्कालीन पश्चिम जर्मनीले हंगेरीलाई त्यतिबेला ३–२ ले हराएको थियो ।
जर्मनीले पछाडि रहेको स्थितिबाट हंगेरीलाई हराएको थियो । त्यतिबेला हंगेरी विश्व फुटबलको महाशक्ति थियो । हंगेरीका अहिलेका प्रशिक्षक मार्को रोसी मान्छन्, अहिलेको टिमसँग पुरानो हंगेरी टिमसँग पक्कै तुलना गर्न सकिन्न । तर जर्मनीलाई हराएर अहिलेको टिम अन्तिम १६ भने पुग्न सक्छ । पोर्चुगलविरुद्धको खेलमा ३–० को हार बेहोरेको हंगेरीले विश्व च्याम्पियन फ्रान्सलाई भने १–१ को बराबरीमा रोकेको थियो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने