रबिन खड्का
खोटेहाङ ९ रमाइलो, खोटाङ
यहाँ कसैलाई कसैको ‘नि देखाओटी भर चाहिँदैन
नि:प्रकाश भए त्यो जून, घामलाई सगर चाहिँदैन ।
मान्छे भएर मान्छे हुनुको भाव रत्ती आउँदैन भने
जङ्गल मै गएर बसे’हुन्छ बरू त्यो घर चाहिँदैन ।
सोच्न्थेँ शिक्षितहरू सहरमा बस्छन्,मेरो भ्रम रहेछ
कोठा दिनकै लागि जात सोध्ने त्यो सहर चाहिँदैन ।
त्यसैले’ कसैलाई कोठा,कसैलाई कोटा पाइन्न भने
नाम मात्रै राख्देउ, नागरिकतामा भो,भो!थर चाहिँदैन ।
पढेर पनि हत्या,हिंसा,बलात्कार र विभेद गर्छन् भने
मास्टर साब ! फ्याँकि दिनुस् , यो चकडस्टर चाहिँदैन ।