कौवाइ सामुदायिक वनद्धारा १ सय १० घरधुरिलाइ ग्यास वितरण

शंकर रिखाम मगर
मुर्कुची, वैशाख १७।
कौवाइ सामुदायिक वन त्रीयुगा नगरपालिका ७, उदयपुरले १ सय ३७ घरधुरी उपभोक्तामा १ सय ९ घरधुरी सहित १ विद्यालय गरि १ सय १० लाइ ग्यास र चुलो सेट वितरण सम्पन्न गरेकोछ ।
एक घर एक चुलो घर घरमा धुवा रहित बनाउन साथै जङ्गलको दाउरा कम खपत गर्न र स्वास्थ्यमा वाधा नपरोस भन्ने उद्देश्यका साथ ग्यासचुलो सेट बितरण गरिएको वन समुहका सह सचिव खेमराज मगरले वताए ।
एक घर एक चुलो घर घरमा धुवा रहित बनाउन साथै जङ्गलको दाउरा कम खपत गर्न र स्वास्थ्यमा वाधा नपरोस भन्ने उद्देश्यका साथ बितरण गरिएको वताए ।


कौवाइ वन उपभोक्ता समितिको आयोजनामा सन्चालन गरिएको ग्यास वितरण कार्यक्रममा समुहको अध्यक्ष मिनवहादुर कार्किको सभापतित्व र प्रमुख अतिथि वन डिभिजन कार्यलय गाइघाटका सहायक वन अधिकृत जागेस्वर साह विशेष अतिथिमा त्रीयुगा नगरपालिका ७, का वडाध्यक्ष भिमवहादुर पुलामी र वन महासङ्घका सचिव नरवहादुर खड्काको उपस्थिती रहेकोथियो ।
उपभोक्तालाइ ग्यास चुलो होइन, विपन्न र गरिव घरधुरी पहिचान गरि आयमुलक सम्वन्धी केही तालिम र कार्यक्रम गर्दा उभोक्तालाइ थप उर्जा मिल्ने सुझाव दिए । वनमा रहेको बूढो रुख भन्दै मासिदै गइरहेको अवस्था रहेकोछ तर वृक्षा रोपन गर्नमा पछि पर्ने पनि समुहमा जानकारी दिदै ग्यास प्रयोगले घरको परिवारमा स्वास्थ्य लगाएत वातावरण पनि स्वच्छ रहने र वन विनास कमि हुने भएकोले उक्त सामाग्री वितरण गरिएको राम्रो पक्ष भएको वन महासघका सचिव नरवहादुर खड्काले वताए ।
आफ्नै सामुदायिक वनको काठ विक्री वितरणको आम्दानिवाट उक्त सामाग्री वितरण गरिएकोले जलवायु परिवर्तनको लागि ग्यास चुलो अति उपयुक्त मानिएको साथै वन समुहको आम्दानिले उपभोक्ताको घर देखि कुलो, खानेपानी र विद्याल सहितमा खर्च गर्ने गरेको हुन्छ । अवको दिनमा वन जङ्गल क्षतिवाट सुरक्षित हुने र घर गृहणी गर्नलाइ स्वास्थ्यमा असर नहुने प्रमुख अतिथी तथा डिभिजन वन कार्यलाय गाइघाटका सहायक वन अधिकृत जागेस्वर साहले वताए ।


यो हाम्रो कौवाइ गाउमा रहेको उपभोक्ताहरुको नामना कुनै जग्गा जमिन छैन, सुकुम्वासी टोल हो, त्यसैले गरिव तथा विपन्न गर्गको घरपरिवार छुट्याउन सकिदैन, आम भेला र वार्षिक कार्यक्रमवाटै स्विकृती भएकोले उपभोक्ताहरुलाइ ग्यास वितरण कार्य गरिएको अध्यक्ष मिनवहादुर कार्किले वताए । उक्त वितरण गरिएको सामाग्री ग्यास सिलिण्डर रिजाल कम्पनि र सुर्या कम्पनिको चुलो सेट रहेको एक घर वरावर ६ हजार ५ सय पैंतालीस रुपैया गरि कुल लागत ७ लाख २० हजार रुपैयाँ वरावरको खर्च भएको समुहका अध्यक्ष कार्किले वताए । साथै वाकी २८ घरधुरी गाउँ भन्दा अलग तथा परिवार सहित वाहिरै वसोवास गर्ने भएकोले आगामी आर्थिक वर्षमा वितरण गर्ने वताए ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने