जिल्ला प्रशासन कार्यालय उदयपुरले हिजो १९ गते बेलुका ८ बजेदेखि अगामी २५ गते बेलुका ८ बजेसम्मका लागि जारी गरेको सूचना अनुरूप अत्यावश्यक सेवा र सवारी वाहेक सम्पूर्ण निजी तथा सार्वजानिक यातायात ठप्प पारिएको हो । सवारी तथा व्यापार व्यवसाय नियम अनुसार खोल्न र संञ्चालन गर्न प्रशासनले लगाएको नियम अनुसार आज बाट पूर्ण रुपमा लागु भएको छ ।
जिल्लामा पनि कोरोना भाईरसको जोखिम बढेपछि प्रशासनले यातायात पूर्ण रुपमा ठप्प पार्ने र बजार, पसलहरू केहि हद सम्म मात्र खोल्न दिने गरी १० बजे देखि ३ बजे सम्म मात्र संञ्चालनको लागि निर्णय भएको थियो ।
नियम कडाईका साथ लागु गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरीले आफ्नो डिउटी कडाईका साथ बजार तथा चोकहरुमा गरिरहेका छन् ।
प्रशासनले तीन पांग्रेभन्दा माथिका सवारी साधन एकसाताका लागि बन्द गराएका छन्।
फोटोहरु