मिलन परियार
श्रावण २२ उदयपुर । उदयपुरको लिम्चुङ्बुङ ३ बाराहा निसिन्टारमा चट्याङ लागेर पाच पशु चौपाया मरेका छन्।
गए राती ९ बजे पानी सहित परेको चट्याङ लागेर मदन बहादुर कार्कीको गोठमा बाँधिएका तीनवटा गोरु र दुइवटा गाई मरेकाे हाे । चट्याङले २ लाख बराबरको क्षेती पुर्याएको पसु धनी मदन कार्की बताउछन ।
गोठमा चट्याङ परेको कारण कुनै पनि मानविय क्षती भने नभएको वडा अध्यक्ष गुरुमणी कुमाईले जानकारी दिनुभयो ।